१९ श्रावण २०८३, मंगलवार
,
Latest
अमेरिकी सैन्य आधार शिविरमा प्रवेश गरेको आरोपमा आठ दक्षिण कोरियाली विद्यार्थी पक्राउ अमेरिका–इरान वार्ता दाबी बाझिँदा ‘स्ट्रेट अफ होर्मुज’मा कार्गो जहाजमा प्रहार पच्चीस लाख बराबरको भन्सार छलीको सामान बरामद ग्यासको अभाव छैन : निगम भूमिहिनको झुटा विवरण पेस गरी जग्गा लिन खोज्नेलाई कानुनी कारबाही गरिने मृतक मेहताको परिवारलाई राहत र सहयोग गर्न राज्य प्रतिबद्ध मन्त्री चौधरीसँग युरोपेली सङ्घका नेपालका लागि राजदूत लोरेन्जोको भेट शैक्षिक परामर्श क्षेत्रको विकृति अन्त्य गर्न सरकार र व्यवसायीबीच सहकार्य हुनुपर्नेमा जोड रेडक्रसमा ‘भ्रष्टाचार र बेथिति’ को थप उजुरी दिन आह्वान मानव सेवा आश्रमलाई बालबालिकाको तस्बिर/भिडियो प्रकाशन नगर्न निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

महिला टि–२० सिरिज: थाइल्याण्डविरूद्ध बलिङ गर्दै नेपाल



अ+ अ-

काठमाडौं । राजधानीमा जारी महिला टि–२० सिरिजमा नेपालले थाइल्याण्डविरुद्ध पहिला फिल्डिङ गर्ने भएको छ ।

त्रिवि क्रिकेट मैदानमा टस जितेर थाइल्याण्डकी कप्तान नारुमोल चाइवाइले पहिले ब्याटिङ गर्ने निर्णय गरेकी हुन् ।

चोटका कारण कविता कुँवर टिमबाट बाहिर भएपछि नेपालले आज युवा बलर रचना कुमारी चौधरीलाई डेब्यू दिएको छ । यस्तै, सिता राना मगरको ठाउँमा रोमा थापा टिममा आएकी छन् ।

हालसम्म खेलेका तीनवटै खेलमा पराजित भएको नेपाललाई आजको खेल जित्नैपर्ने दबाब छ ।

नेपालको प्लेइङ ११:

इन्दु बर्मा (कप्तान), रुबिना क्षेत्री, पुजा महतो, अलिशा कुमारी यादव, बिन्दु रावल, सम्झना खड्का, कविता जोशी, मनिषा उपाध्याय, रोमा थापा, ममता चौधरी, रचना कुमारी चौधरी ।