काठमाडौँ । सरकारले समयमै करार सम्पन्न गर्न नसकेको भन्दै तीन निर्माण व्यवसायीलाई कालोसूचीमा रहेको छ। सार्वजनिक खरिद अनुगमनको कार्यालयले विवादास्पद कम्पनी ओम्नी विजनेस कर्पोरेसनसहित तिन निर्माण व्यवसायीलाई कालोसूचीमा राखेको हो ।
कार्यालयले सोमबार सूचना जारी गर्दै ओम्नीसहित अरुण कन्स्ट्रक्सनलाई पनि १ वर्षका लागि कालोसूचीमा राखेको छ। त्यस्तै वीटीर टौदह र फस्कु जेभीलाई पनि २ वर्षका लागि कालोसूचीमा राखेको छ।
ओम्नीले स्वास्थ्य सेवा विभागबाट कोरोना रोकथामको लागि प्रयोग हुने स्वास्थ्य सामग्री ल्याउने ठेक्का पाएको थियो । सम्झौताका सर्तअनुसार समयमै स्वास्थ्य सामग्री नल्याएपछि विभागले चैतमै ओम्नीलाई कालो सूचीमा राख्न सिफारिस गरेको थियो ।
विभागले सिफारिस गरेको करिब ५ महिनापछि भदौ २० गते बसेको सार्वजनिक खरिद अनुगमन कार्यालयको बैठकले ओम्नीलाई एक वर्षको लागि कालो सूचीमा राख्ने निर्णय गरेको हो ।












