३ बैशाख २०८२, बुधबार
April 16, 2025 Wednesday

24.27°C

काठमाडौं

24.27°C

Kathmandu

Feels-like: 24.06

Wind: 5.14

Humidity: 50

Latest
सरकारसँग विश्वप्रकाश शर्माका असहमतिका सात बुँदा राष्ट्रपतिबाट संसद अधिवेशन आह्वान हङकङ ११५ मा अलआउट, नेपाललाई ११६ रनको लक्ष्य कर वृद्धिबारे निर्णय अब चीनको हातमाः ट्रम्प ‘आन्दोलनमय राजधानीः अस्तव्यस्त सडक, मारमा जनता’ एकले अर्कोलाई निषेध गर्नुभन्दा एक अर्काका गुण सिकेर अघि बढौँः अध्यक्ष भट्टराई सिरहामा महिलाको मृत्यु प्रकरणबारे छानबिन गर्न गृहमन्त्रीको निर्देशन सगरमाथा क्षेत्रमा पर्यटक आगमन वृद्धिः चैतमा १२ हजार भित्रिए सुनको मूल्य निरन्तर उकालोः आज तोलाको रू एक लाख ८७ हजार कायम स्व. न्यौपाने निष्ठावान, संघर्षशील र लोकतन्त्रवादी अनुयायी हुनुहुन्थ्योः देउवा
तपाईं के खोज्दै हुनुहुन्छ ?

संविधानमा आदिवासी जनजातिका हक सुनिश्चितः सभामुख



अ+ अ-

काठमाडौँ। सभामुख देवराज घिमिरेले नेपालको संविधानमा उल्लिखित मौलिक हकले आदिवासी जनजातिका हकअधिकार सुनिश्चित गरेको बताए ।

आदिवासी जनजाति आयोगको चौथो वार्षिकोत्वसका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उनले मौलिक हकको प्रभावकारी कार्यान्वयनका लागि छलफल र बहसको आवश्यकता औँल्याए।

नेपाल सबै जातजातिको संस्कार र संस्कृति रहेको मुलुक भएको बताउँदै सभामुख घिमिरेले यसको थप विकास गर्न संविधानले पछाडि परेका आदिवासी जनजाति समुदायलाई नीति निर्माण गर्ने स्थानमा पँहुच पु-याउन समावेशीताको व्यवस्था गरेको उल्लेख गरेका थिए।

संविधानले यस्ता आयोगका काम कारबाहीको मूल्याङ्कन गर्ने समय आएको र भावी कामका बारेमा योजना बनाउन सुझाव दिए । पछिल्लो समय जनजातिको सङ्ख्यामा भएको वृद्धिका बारेमा उनले हिजोको दिनमा महत्व नबुझेर तथा पहिचानमा आउन नसकेका जाति समुदाय अहिले पहिचानमा आएको उल्लेख गरेका थिए।

कार्यक्रममा आयोगका अध्यक्ष रामबहादुर थापामगरले आदिवासी जनजाति समुदाय भाषा र संस्कृतिमा धनी रहेको उल्लेख गर्दै हरेक भाषाभित्र फरक ज्ञान र सिप रहेको बताए ।

उनले नेपालमा बोलिने एक सय २४ मध्ये ९३ भाषा आदिवासी जनजातिका भाषाहरु भएको र यी भाषाहरुको संरक्षणमा सरकारको ध्यान जानुपर्ने बताउनुभयो । मातृभाषामा सूचना प्राप्त गर्ने, सरकारी कामकाजमा प्रयोग गर्ने र शिक्षा प्राप्त गर्न पाउने आदिवासी जनजातिको संवैधानिक हक कार्यान्वयन हुन नसकेको उनको भनाई थियो ।रासस