• २३ असार २०८१, आईतवार
  •      Sun Jul 7 2024
  •   Unicode
Logo
Latest
★   ‘मिर्जापुर’ सिरिजमा देखिएका यी स्टारहरुको मृत्यु, एक जनाको शव बाथरुममा सडेको भेटिएको थियो ★   कार्यदलले प्रधानमन्त्रीलाई बुझायो ‘फौजदारी न्याय प्रशासन सुधार अध्ययन तथा सुझाव प्रतिवेदन २०८१’ सम्बन्धी प्रतिवेदन ★   सोमबारदेखि सरकारी खाता रोक्का, चालु आवको भुक्तानी हुने अन्तिम दिन पनि सोमबार ★   एकै दिन ३४ लाख बाढीसम्बन्धी एसएमएस सम्प्रेषण ★   राष्ट्रपति पौडेलद्वारा जगन्नाथ रथ यात्राको शुभारम्भ ★   कुन देशमा जागिरेले थाप्छन् सबैभन्दा धेरै तलब ? ★   क्यान्टनमेण्ट घोटालाको फाइल खोल्न गृहमन्त्रीलाई प्रमुख सचेतक शाहीको आग्रह ★   काँग्रेस–एमालेबिचको सहमती अपारदर्शी छ, स्थिरता दिँदैन: सांसद सापकोटा ★   प्रधानमन्त्री पुष्पकमल दाहाललाई समर्थन नगर्न रास्वपालाई एमाले सचिव भट्टराईको आग्रह ★   चित्रबहादुर केसीको प्रश्न: काँग्रेस–एमाले सहकार्य भुटानी शरणार्थी र गिरिबन्धु टिस्टेट प्रकरणबाट चोखिनका लागि हो ?

महामारीबीच क्रिकेट रङ्‍गशालाको काम जारी



चितवन। निषेधाज्ञाको समयमा पनि बहुचर्चित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्‍गशाला निर्माण जारी रहेको छ। कार्यरत मजदुरलाई रङ्‍गशाला परिसरमा नै बस्ने व्यवस्था गरेर कामलाई निरन्तरता दिइएको हो।

गत चैत ९ गतेबाट रोकिएको काम वैशाख २० गतेबाट पुनः थालिएको थियो। भरतपुर महानगरपालिकासँगको सहकार्यमा धुर्मुस(सुन्तली फाउण्डेसनले रङ्‍गशाला निर्माण गरिरहेको छ। हाल रङ्‍गशालामा १५० मजदुरले काम गरिरहेका छन्।

निर्माणाधीन रङ्‍गशालाका निमित्त परियोजना व्यवस्थापक मणी दाशका अनुसार रङ्‍गशाला  प्याराफिटका लागि पिल्लर उठाउने क्रम जारी छ। यसका लागि पीसीसी गर्ने काम लकडाउनअघि नै सकिएको थियो। अहिले पिल्लरको काम  भइरहेको छ। ‘ए’, ‘बी’, ‘सी’ र ‘डी’ गरी चारवटा ब्लकमा रहने प्याराफिटको ‘ए’ र ‘बी’ को काम भइरहेको छ। ती मध्ये “ए” प्याराफिटमा १०५ वटा पिल्लर उठाएर ढलानको काम सम्पन्न भएको उनले जानकारी दिए। “ए” प्याराफिटमा ११० वटा पिल्लर रहने छन्। त्यसैगरी “बी” प्याराफिटमा हुने ११० पिल्लर मध्ये १९ वटाको जग हालिएको उनले जानकारी दिए।

एक लाइनमा पाँचवटा पिल्लर रहनेछन्। प्याराफिटको पहिलो स्टेप डिपिसी लेभलबाट १२० सेन्टिमिटरको उचाइसम्म रहनेछ भने पाँचौ पिल्लर २१ मिटर उचाइको हुने छ।  दुई प्याराफिटमा १५र१५ जनाको हजार क्षमता हुने छ। मनसुन रोकिएलगत्तै भुइँको काम गर्ने तयारी गरिएको छ। मौसमका कारण पानी जमेकाले पिल्लर उठाउनका लागि खनिएका खाल्टाको पानी फाल्न दैनिक २० वटा पम्प प्रयोग गरिएको छ। यस वर्ष धेरै पानी परेकाले काममा कठिनाइ परेको जनाइएको छ।

रङ्‍गशाला निर्माणमा गत साउन मसान्तसम्म २३ करोड ७४ लाख ६४ हजार रुपैयाँ खर्च भइसकेको छ। परियोजनाका लेखा प्रमुख मुक्ति तिमिल्सिनाका अनुसार हालसम्म १८ करोड ५३ लाख ४२ हजार रुपैयाँमात्र सङ्‍कलन भएको छ। गत असार मसान्तसम्म ९९ लाख ६२ हजार रुपैयाँ बराबरको जिन्सी सामान सहयोग प्राप्त भएको थियो। काम भइरहेकाले पाँच करोड रुपैयाँभन्दा बढीको उधारोमा सामग्री आएको उनले जानकारी दिए।

फाउण्डेसनका अध्यक्ष सिताराम कट्टेलले निषेधाज्ञामा प्राविधिक र मजदुरहरु भित्रै राखेर काम भइरहेको जानकारी दिए। अहिलेको विषम परिस्थितिका कारण थप सहयोग सङ्‍कलन केही घटेको जनाउँदै उनले यसअघि बोलकवोल गरिएका निजी र सरकारी निकायबाट रकम उपलव्ध भएमा समयमा काम सम्पन्न गर्न सकिने जानकारी दिए। अगामी १८ महिनाभित्र सम्पन्न गर्ने गरी रङ्‍गशाला निर्माणको काम भइरहेको छ।

निषेधाज्ञाका कारण निर्माण सामाग्री सहज नहुँदा र पानी परिरहेकाले कामले सोचेजति गति लिन सकिरहेको छैन। रङ्‍गशाला निर्माणका लागि स्थानीय र प्रदेश सरकारले सहयोग गर्ने जनाएको भए पनि हालसम्म रकम प्राप्त नभएको जनाइएको छ। सबै सकारात्मक भएकाले छिट्टै रकम आउने र कामले गति लिने उनको विश्वास छ। भरतपुर महानगरपालिकाका सक्रियतामा त्रिभूवन विश्वविद्यालयको नाममा रहेको र कृषि तथा वन विज्ञान विश्वविद्यालयले उपभोग गरेको २२ विगाहा जग्गा दिलाएर रङ्‍गशाला निर्माण सुरु गरिएको हो। भरतपुर महानगरपालिका-१५ रामपुरमा विश्वविद्यालयले जग्गा दिएबापत महानगरपालिकाले विश्वविद्यालयलाई अन्य क्षेत्रमा जग्गा दिएको छ।

महानगर प्रमुख रेनु दाहालले फाउण्डेसनसँग सहकार्य गरेर भइरहेको रङ्‍गशाला निर्माणको कामलाई निरन्तरता दिन महानगर लागिपरेको जानकारी दिइन्। महानगरले यस वर्ष चार करोड र बागमती प्रदेशले तीन करोड रुपैयाँ विनियोजन गरेको छ। महानगरले गत वर्ष रकम विनियोजन गरेको भए पनि प्राविधिक कारणले निकासा गर्न कठिन भएको थियो। राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रमा महानगरपालिकालाई चिनाउने यो यहाँको महत्त्वपूर्ण परियोजना भएको जनाउँदै उनले सबैको साथ र सहयोगको अपेक्षा गरिन्।

फाउण्डेसनले नेपालमा क्रिकेट रङ्‍गशाला बनाउने बताएसँगै महानगरपालिकाले भरतपुरमा बनाउन अनुरोध गरेर जग्गाको व्यवस्था गरी अन्य सहयोग गरेको थियो। २०७५ असोज १९ गते भरतपुर महानगरपालिका, त्रिभूवन विश्वविद्यालय र कृषि विश्वविद्यालयका बीचमा जग्गाको विषयमा त्रिपक्षीय सम्झौता गरी काम अघि बढेको हो। रासस