४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar घाइते यादवको शरीरबाट गोली निकालियो News Polar भारतीय सीमा हुँदै महिला शोषणको घटनामा छानबिन अघि बढ्यो News Polar चिमखोला–घ्याँसीखर्क सडक अवरुद्ध News Polar एमाले केन्द्रीय सचिवालय बैठक च्यासलमा सुरु News Polar जटिल प्रसूति समस्या भएका दुई महिलाको रसुवाबाट हवाई उद्धार News Polar अन्तरविद्यालय बास्केटबल प्रतियोगिता सोमबारदेखि News Polar एमाले पुनःगठन कार्यदलको एकीकृत प्रतिवेदन तयार गरिँदै News Polar मधेसमा आत्महत्याका घटना बढ्दै News Polar विराजभक्त श्रेष्ठले लिए रास्वपा सचिवालय सदस्यको शपथ News Polar प्रधानन्यायाधीश शर्मा चीन प्रस्थान News Polar ‘ग्रे जोन’ रिपोर्टमा नाम जोडिएकाले जनतालाई स्पष्ट जवाफ दिनुपर्छ : महेश बस्नेत News Polar एमाले कार्यदलको प्रतिवेदनमा अध्यक्षको राजीनामा र नेतृत्वबाट हटाउने विषय छैन–सचिव बस्नेत News Polar एमाले कार्यदलको सर्वसम्मत प्रतिवेदन तयार, नेतृत्व पुनर्गठनको विषय समावेश छैन News Polar सञ्चारकर्मीमाथि ओलीको आक्रोश : ‘माइक ल्याएर मुखमा नघोच्नुस्’ News Polar इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर News Polar बाढी प्रभावितलाई चिनियाँ सहयोग News Polar नेपाली आईटी कम्पनीलाई अन्तर्राष्ट्रिय बजारसँग जोड्दै नास–आईटीको स्वीट्जरल्यान्डमा टेक रोडशो News Polar ‘सरकारले वातावरण बनाइदिए समयमै काम गर्न सकिन्छ–पूर्वाधार विकासलाई राज्यले गम्भीरतापूर्वक लिनुपर्छ’ News Polar ‘मधेसलाई द्वन्द्वको मैदान बन्न दिँदैनौँ, समाज जोड्न मेची–महाकाली पदयात्रा गर्छु’- सांसद सिंह News Polar भोटेकोशी बाढीः एक हजार ४३६ शव भेटिए

महामारीबीच क्रिकेट रङ्‍गशालाको काम जारी

महामारीबीच क्रिकेट रङ्‍गशालाको काम जारी
अ+ अ-

चितवन। निषेधाज्ञाको समयमा पनि बहुचर्चित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्‍गशाला निर्माण जारी रहेको छ। कार्यरत मजदुरलाई रङ्‍गशाला परिसरमा नै बस्ने व्यवस्था गरेर कामलाई निरन्तरता दिइएको हो।

गत चैत ९ गतेबाट रोकिएको काम वैशाख २० गतेबाट पुनः थालिएको थियो। भरतपुर महानगरपालिकासँगको सहकार्यमा धुर्मुस(सुन्तली फाउण्डेसनले रङ्‍गशाला निर्माण गरिरहेको छ। हाल रङ्‍गशालामा १५० मजदुरले काम गरिरहेका छन्।

निर्माणाधीन रङ्‍गशालाका निमित्त परियोजना व्यवस्थापक मणी दाशका अनुसार रङ्‍गशाला  प्याराफिटका लागि पिल्लर उठाउने क्रम जारी छ। यसका लागि पीसीसी गर्ने काम लकडाउनअघि नै सकिएको थियो। अहिले पिल्लरको काम  भइरहेको छ। ‘ए’, ‘बी’, ‘सी’ र ‘डी’ गरी चारवटा ब्लकमा रहने प्याराफिटको ‘ए’ र ‘बी’ को काम भइरहेको छ। ती मध्ये “ए” प्याराफिटमा १०५ वटा पिल्लर उठाएर ढलानको काम सम्पन्न भएको उनले जानकारी दिए। “ए” प्याराफिटमा ११० वटा पिल्लर रहने छन्। त्यसैगरी “बी” प्याराफिटमा हुने ११० पिल्लर मध्ये १९ वटाको जग हालिएको उनले जानकारी दिए।

एक लाइनमा पाँचवटा पिल्लर रहनेछन्। प्याराफिटको पहिलो स्टेप डिपिसी लेभलबाट १२० सेन्टिमिटरको उचाइसम्म रहनेछ भने पाँचौ पिल्लर २१ मिटर उचाइको हुने छ।  दुई प्याराफिटमा १५र१५ जनाको हजार क्षमता हुने छ। मनसुन रोकिएलगत्तै भुइँको काम गर्ने तयारी गरिएको छ। मौसमका कारण पानी जमेकाले पिल्लर उठाउनका लागि खनिएका खाल्टाको पानी फाल्न दैनिक २० वटा पम्प प्रयोग गरिएको छ। यस वर्ष धेरै पानी परेकाले काममा कठिनाइ परेको जनाइएको छ।

रङ्‍गशाला निर्माणमा गत साउन मसान्तसम्म २३ करोड ७४ लाख ६४ हजार रुपैयाँ खर्च भइसकेको छ। परियोजनाका लेखा प्रमुख मुक्ति तिमिल्सिनाका अनुसार हालसम्म १८ करोड ५३ लाख ४२ हजार रुपैयाँमात्र सङ्‍कलन भएको छ। गत असार मसान्तसम्म ९९ लाख ६२ हजार रुपैयाँ बराबरको जिन्सी सामान सहयोग प्राप्त भएको थियो। काम भइरहेकाले पाँच करोड रुपैयाँभन्दा बढीको उधारोमा सामग्री आएको उनले जानकारी दिए।

फाउण्डेसनका अध्यक्ष सिताराम कट्टेलले निषेधाज्ञामा प्राविधिक र मजदुरहरु भित्रै राखेर काम भइरहेको जानकारी दिए। अहिलेको विषम परिस्थितिका कारण थप सहयोग सङ्‍कलन केही घटेको जनाउँदै उनले यसअघि बोलकवोल गरिएका निजी र सरकारी निकायबाट रकम उपलव्ध भएमा समयमा काम सम्पन्न गर्न सकिने जानकारी दिए। अगामी १८ महिनाभित्र सम्पन्न गर्ने गरी रङ्‍गशाला निर्माणको काम भइरहेको छ।

निषेधाज्ञाका कारण निर्माण सामाग्री सहज नहुँदा र पानी परिरहेकाले कामले सोचेजति गति लिन सकिरहेको छैन। रङ्‍गशाला निर्माणका लागि स्थानीय र प्रदेश सरकारले सहयोग गर्ने जनाएको भए पनि हालसम्म रकम प्राप्त नभएको जनाइएको छ। सबै सकारात्मक भएकाले छिट्टै रकम आउने र कामले गति लिने उनको विश्वास छ। भरतपुर महानगरपालिकाका सक्रियतामा त्रिभूवन विश्वविद्यालयको नाममा रहेको र कृषि तथा वन विज्ञान विश्वविद्यालयले उपभोग गरेको २२ विगाहा जग्गा दिलाएर रङ्‍गशाला निर्माण सुरु गरिएको हो। भरतपुर महानगरपालिका-१५ रामपुरमा विश्वविद्यालयले जग्गा दिएबापत महानगरपालिकाले विश्वविद्यालयलाई अन्य क्षेत्रमा जग्गा दिएको छ।

महानगर प्रमुख रेनु दाहालले फाउण्डेसनसँग सहकार्य गरेर भइरहेको रङ्‍गशाला निर्माणको कामलाई निरन्तरता दिन महानगर लागिपरेको जानकारी दिइन्। महानगरले यस वर्ष चार करोड र बागमती प्रदेशले तीन करोड रुपैयाँ विनियोजन गरेको छ। महानगरले गत वर्ष रकम विनियोजन गरेको भए पनि प्राविधिक कारणले निकासा गर्न कठिन भएको थियो। राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रमा महानगरपालिकालाई चिनाउने यो यहाँको महत्त्वपूर्ण परियोजना भएको जनाउँदै उनले सबैको साथ र सहयोगको अपेक्षा गरिन्।

फाउण्डेसनले नेपालमा क्रिकेट रङ्‍गशाला बनाउने बताएसँगै महानगरपालिकाले भरतपुरमा बनाउन अनुरोध गरेर जग्गाको व्यवस्था गरी अन्य सहयोग गरेको थियो। २०७५ असोज १९ गते भरतपुर महानगरपालिका, त्रिभूवन विश्वविद्यालय र कृषि विश्वविद्यालयका बीचमा जग्गाको विषयमा त्रिपक्षीय सम्झौता गरी काम अघि बढेको हो। रासस