२० मंसिर २०८२, शनिबार
,
Latest
इजरायलको ‘पूर्ण फिर्ता’ बिना गाजा युद्धविराम अधुरो हुने कतारका प्रधानमन्त्रीको भनाइ एनपिएलः रोसिङटनको अर्धशतकमा पोखरा आठ विकेटले विजयी अविश्वास बढेको छ, सुरक्षाका लागि सरकार जिम्मेवार हुनुपर्छः सभामुख घिमिरे अध्यक्ष ओलीबाट महाधिवेशन विशेष ई–बुलेटिन शुभारम्भ पार्टीको १५औँ महाधिवेशन र निर्वाचनको तयारी सँगसँगैः महामन्त्री थापा धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना मुलुकमा अब धुमधामका साथ समाजवाद आउँछः माधव नेपाल अन्य प्रदेशहरुमा पनि एमाले बाहेकको समीकरण बन्छः दाहाल प्रधानमन्त्रीले मलाई पक्राउ गर्न दबाब दिइरहनुभएको छः ओली आगो लगाएकै भरमा सरकार बन्छ र चल्छ भन्ने नसोच्न ओलीको चेतावनी
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रिय सभा अध्यक्ष दाहाल र इजरायली राजदुतबीच शिष्टाचार भेट



अ+ अ-

काठमाडौँ । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालसँग नेपालस्थित इजरायली राजदुत श्मुलिक आरी बासले शिष्टाचार भेट गर्नुभएको छ । सोमवार सिंहदरबारस्थित अध्यक्ष दाहालको कार्यकक्षमा आई राजदुत श्मुलिकले शिष्टाचार भेट गर्नुभएको हो ।

भेटमा दुई देशबीचको कुटनीतिक सम्बन्ध, आपसी हित र सहकार्यका विषयमा कुराकानी भएको छ । सो अवसरमा अध्यक्ष दाहालले नेपाल–इजरायल कूटनीतिक सम्बन्ध घनिष्ट रहेको चर्चा गर्दै आगामी दिनमा पनि दुई देशबीचको सम्बन्ध थप मजबुत र बलियो हुने विश्वास व्यक्त गर्नुभयो । इजरायलले शुरु गरेको लर्न एण्ड अर्न कार्यक्रम नेपालहरुका लागि निकै प्रभावकारी भएको र त्यस्ता कार्यक्रममा गएका नेपालीहरुले कृषि प्रविधिको राम्रो ज्ञान प्राप्त गरी स्वदेश फर्किएर राम्रो प्रगति गरेको बताउनु भयो । लर्न एण्ड अर्न कार्यक्रममा इजरायल पुगेका नेपाली विद्यार्थीमाथि गत वर्ष भएको घटनाप्रति दुःख व्यक्त गर्दै अध्यक्ष दाहालले हमासले वन्धक बनाएका नेपाली विद्यार्थी विपिन जोशीको छिटो रिहाइका लागि पहल गर्न आग्रह गर्नुभयो ।

हमासको नियन्त्रणमा रहेका नेपाली नागरिक विपिन जोशीलाई छुटाउन आफूहरुले निरन्तर पहल गरिरहेको भन्दै राजदुत श्मुलिकले आज बिहान मात्रै विपिनका बुवालगायत परिवारका सदस्यहरुलाई भेटेको बताउनु भयो ।

इजरायलको अवस्था परिवर्तन भइसकेको र अहिले शान्तिपूर्ण रहेको भन्दै उहाँले कृषि, पर्यटन, स्वास्थ्य र निर्माणका क्षेत्रमा नेपाली कामदारहरुलाई इजरायलले लिन चाहेको बताउनु भयो ।