३० जेष्ठ २०८३, शनिबार
,
Latest
सुदूरपश्चिम प्रदेशसभाः वार्षिक नीति कार्यक्रम पारित यस वर्ष कामपाका १२८ स्थान डुबानको जोखिममा अद्यावधिक छुटेका कांग्रेसका क्रियाशील सदस्यले असार २० गतेभित्र निवेदन दिन सक्ने अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन् गर्ने सवारीसाधान नियन्त्रणमा ढुसीजन्य रोगले धानको बेर्नामा क्षति, किसान चिन्तित अठार हजार बालबालिकामा शीघ्र कडा कुपोषण क्यान्भासमा उतारिए मध्यपुरका सम्पदाहरू धनुषामा राजगुठी सम्पत्तिको अतिक्रमण हटाउन गुठी संस्थानको सूचना, अटेर गरे कानुनी कारबाही हुने शिक्षित नागरिक बिना लोकतान्त्रिक, समुन्नत र आत्मनिर्भर राष्ट्र निर्माण सम्भव हुदैन: पूर्व राष्ट्रपति भण्डारी इप्पानको विधान संशोधन, सबै पदमा उम्मेदवार हुन पाउने व्यवस्था
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेप्सेमा झिनो सुधार



अ+ अ-

काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबारमापक नेप्से परिसूचक आज झिने अङ्कले वृद्धि भएको छ । कारोबार प्रणालीमा समस्या आउँदासमेत दोहोरो अङ्कले उकालो लागिरहेको नेप्से परिसूचक आज भने थामिएको हो । 

नेपाल स्टक एक्सचेञ्जका अनुसार आज नेप्से ३।२६ बिन्दुले उकालो लागेर एक हजार ५४०.५१ मा पुगेको छ । सेन्सेटिभ परिसूचक २.२८ ले वृद्धि भई ३०६.२४ मा पुगेको छ । कूल १९० कम्पनीको ८८ लाख ३४ हजार २१५ कित्ता शेयर रु तीन अर्ब २१ करोड ४ लाख ७९ हजार १३२ मूल्यमा खरिद बिक्री भए । बजार उकालो लागिरहँदा बजार पूँजीकरणमा वृद्धि भई रु २० खर्ब ४८ अर्ब बराबरको भएको छ । 

कारोबार भएका कूल १२ उपसमूहमध्ये सात उपसमूहको शेयर ओरालो लागेको छ भने पाँच उपसमूहको शेयर बढेको छ । बैंकिङ १४.६८, विकास बैंक २०.९८, जलविद्युत् १२.२, वित्त ६.९४ र सामूहिक लगानी कोष ०.०४ बिन्दुले बढेको छ । कारोबारका आधारमा आज पनि नेपाल पुनरबीमा कम्पनी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको रु २० करोड ४३ लाख आठ हजार ६६८ बराबरको कारोबार भयो । नेपाल बैंक लिमिटेड रु १२ करोड ८४ लाख ४० हजार १६५, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी रु १२ करोड ५१ लाख ६७ हजार ५६०, नेको इन्स्योरेन्स कम्पनी रु ११ करोड ३४ लाख ६८ हजार २२७ र सूर्या लाइफ इन्स्योन्स कम्पनी रु आठ करोड २४ लाख ८५ हजार बराबरको कारोबार भई शीर्ष स्थानमा रहेको छ । 

कारोबारका आधारमा अरुण भ्याली हाइड्रो पावर कम्पनी १०, एनआरएन लघुवित्त वित्तीय संस्था ९.९८, रिलायन्स इन्स्योरेन्स कम्पनी ९.९६, यूनियन हाइड्रो पावर ९.८६, रिडी हाइड्रोपावर ९.५२ र आँखु खोला जलविद्युत् कम्पनीका लगानीकर्ताले  ९.५२ ले कमाए । राष्ट्रिय बीमा कम्पनीको संस्थापक शेयरधनीले ८.१७, राष्ट्रिय बीमा कम्पनी ५.१७, आइएमई जनरल इन्स्योरेन्स ४.१०, नेपाल सेवा लघुवित्त ३.६५ र स्वाभिमान लघुवित्तका लगानीकर्ताले ३.४५ प्रतिशतले गुमाए ।