२० भाद्र २०८३, शनिबार
,
Latest
भोटेकोशी बाढीः एक हजार ३४४ शव फेला, खोज तथा उद्धार जारी दाइ अब ‘वसन्त श्रवण’ कहिले गर्ने ? भोटेकोशी बाढीपछि बेपत्ता भएका आफन्तको पर्खाइमा नेपालगञ्जका अनलाल चीन, रोमानिया र क्रोएसिया जोड्ने नयाँ सिधा हवाई मार्ग सञ्चालनमा सिरियामा बारुदी सुरुङको जोखिम कायमै, बालबालिका बढी प्रभावित थाइल्याण्डसँगको साझेदारीमा लगानी गर्न प्रधानमन्त्रीको आह्वान आज पाल्पामा ऐतिहासिक भगवती जात्रा निकालिँदै विनाश देखेकी विष्णुको अनुभूतिः त्यो दिन सामान लिन छात्रावासमा गएको भए… टर्कीको मुद्रास्फीतिमा सामान्य कमी, अगस्टमा ३१.५१ प्रतिशत कायम भोटेकोशी बाढीको कहर: ‘पर्खी बसे तिमीलाई फर्की आएनौँ’
तपाईं के खोज्दै हुनुहुन्छ ?

व्यापारमा सुधारका लागि दिएको मौका दुरुपयोग गरे कानुनी कारवाही गरिन्छः उपप्रमुख डंगोल



अ+ अ-

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलले बजार अनुगमनका क्रममा सुधारको मौका प्रदान गरिएका व्यवसायीले तोकिएको समयमा मापदण्ड पुरा नगरे कानुनी कारवाही गरिने बताएकी छिन् । अनुगमनमा खटिएका अधिकारीहरुसँग कुरा गर्दै उपप्रमुख डंगोलले यस्तो बताएकी हुन् ।

उपप्रमुख डंगोलले कृषि तथा पशुपन्छी विभागका प्रमुख एवं निमित्त प्रमुख प्रशासकीय अधिकृत नुरनिधि न्यौपाने, खाद्य स्वच्छता तथा गुणस्तर कार्यक्रमका विज्ञ सल्लाहकार जीवनप्रभा लामा, कार्यक्रमका सल्लाहकार सन्तोष गिरीसहित अनुगमनमा खटिएका अधिकारीहरुसँग छलफल गरकी थिईन् ।

महानगरपालिकाले अनुगमनका क्रममा बजारबाट विक्री गरिने खाद्य सेवाका बस्तुको ढुवानी, भण्डारण, प्रशोधन, खाद्य बस्तुको उत्पादन, पकाइएको खानेकुराको भण्डारण, भण्डारणको अवधि र विधि, व्यवसायका सही र गलत प्रयोग, गलत प्रयोगबाट हुने नोक्सानी, खानेकुरा सुरक्षाका जोखिम, प्रदूषणको रोकथाम, स्वच्छता र सरसफाइमा तोकिएका मापदण्ड पूरा गर्न प्रोत्साहन गर्दै आईरहेको छ ।

यस्तै खाद्यान्न (दाल, चामल, तरकारी, फलफुल, विस्कुट, चाउचाउ, भुजिया) जस्ता खाद्यान्नको उत्पादन मिति, उपभोग्य मिति, म्याद सकिएको सामग्री राख्ने छुट्टै कक्षको व्यवस्थालगायत स्वच्छ बजारका लागि सिप सिकाउदै आईरहेको छ ।