काठमाडौँ । स्पेनिस फुटबल लिग ला लिगा अन्तर्गत बार्सिलोनाले जित निकालेको छ ।
गएराति भएको खेलमा बार्सिलोनाले आल्भेसलाई १–० गोलले हराएको हो ।
घरेलु टोलिको जितमा एकमात्र निर्णायक गोल रोबर्ट लेवान्डोस्कीले गरे । उनले खेलको ६१ औं मिनेटमा गोल गरेका हुन् ।
जितसँगै बार्सिलोना २२ खेलबाट ४५ अंकका साथ तालिकाको तेस्रो स्थानमा छ । आल्भेस २१ अंकका साथ १८ औं स्थानमा छ ।










