काठमाडौँ । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यान्चेस्टर युनाइटेडले हार ब्यहोरेको छ ।
गएराति भएको खेलमा युनाइटेड क्रिस्टल प्यालेससँग घरेलु मैदानमै ०–२ गोलले स्तब्ध बनेको हो ।
प्यालेसलाई जित दिलाउन दुबै गोल फिलिप्पे मटेटाले गरे । उनले दोस्रो हाफमा ६४ औं र ८९ औं मिनेटमा गोल गर्दै टोलिलाई जित दिलाए ।
यो नतिजासँगै प्यालेस २३ खेलबाट ३० अंकका साथ तालिकाको १२ औं तथा युनाइटेड २९ अंकका साथ १३ औं स्थानमा छ ।










