३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar संविधान कार्यान्वयनको एक दशक– गाउँलेले के पाए ? News Polar ‘सम्पत्ति धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍यो’: राष्ट्र बैंक News Polar कुशको शव बनाएर पत्रकार थामीको अन्त्येष्टि News Polar भदौमा पाँच अर्बको विद्युत् निर्यात News Polar प्रभावकारी कार्यान्वयनको प्रतीक्षामा संविधान News Polar सर्वश्व गुमाएकी विष्णुकुमारी निःशुल्क मिर्गौला प्रत्यारोपणपछि पूर्ण स्वस्थ भई डिस्चार्ज News Polar राष्ट्र बैंकको स्वायत्तता कमजोर पार्न खोजिँदैछः पूर्वअर्थमन्त्री डा. खतिवडा News Polar कर्णालीको विकासमा केन्द्रित हुन प्रदेश प्रमुख जोशीको आग्रह News Polar आधारभूत सिद्धान्तबाहेकका विषयमा राष्ट्रिय सहमतिका आधारमा संविधान संशोधन गर्न सकिन्छ – अध्यक्ष दाहाल News Polar संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा News Polar मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री साह News Polar कांग्रेसको १५औँ महाधिवेशनः वडा अधिवेशन आजदेखि सुरु News Polar संविधान दिवसका अवसरमा अमेरिकाद्वारा शुभकामना News Polar संविधान संशोधनः सबैको सहमतिमा अघि बढ्दा अङ्क समस्या हुँदैन–संयोजक शाह News Polar ट्रम्पद्वारा तीन सञ्चारमाध्यममाथि प्रतिबन्धको घोषणा, प्रेस स्वतन्त्रताबारे बहस सुरु News Polar संविधानको अक्षर र भावना दुवैप्रति सरकार पूर्ण प्रतिबद्ध छ: प्रधानमन्त्री News Polar संविधानको प्रभावकारी कार्यान्वयनमा तीनवटै तहका क्रियाशील हुनुपर्ने News Polar संविधानको रक्षा र कार्यान्वयनमा उच्चतम समझदारी आवश्यकः प्रदेश प्रमुख देवकोटा News Polar भोटेकोशी बाढीपछि सम्पर्कविहीन पत्रकार टेकराज थामीको कुशको शव बनाएर अन्त्येष्टि News Polar गत भदौको उपद्रवमा कसको संलग्नता थियो, खुल्दै गएको छ–ओली

तपाईं रेष्टुरेन्टमा खानुहुन्छ ? तपाइँलाई संक्रमणको दर दोब्बर हुनसक्छ !

तपाईं रेष्टुरेन्टमा खानुहुन्छ ? तपाइँलाई संक्रमणको दर दोब्बर हुनसक्छ !
अ+ अ-

काठमाडौं । रेष्टुरेण्टमा खाना खाने मानिसहरुमा कोरोना भाइरसबाट संक्रमित हुने खतरा अरु मानिसमा भन्दा दोब्बर हुने खुलासा भएको छ । अमेरिकामा गरिएको एक अध्ययनमा सो तथ्य पाइएको हो ।  अमेरिकाको सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सन (सीडीसी)को रिपोर्टअनुसार रेष्टुरेण्ट र बारमा खाना खाँदा कोरोनाभाइरस संक्रमणको खतरा बढ्छ । सीडीसीको रिपोर्टअनुसार बसमा यात्रा गर्ने, कार्यालय जाने, जिम जाने भन्दा तुलनात्मक रुपमा रेष्टुरेण्टमा खाँदा संक्रमित हुने खतरा बढी हुन्छ ।

डेलीमेलका अनुसार अमेरिकाका विभिन्न शहरले रेष्टुरेण्ट र बार खोल्ने तयारी गरेकै बेला यो रिपोर्ट सार्वजनिक भएको हो । रिपोर्टमा अनुसार न्यूयोर्क शहरले लामो समयसम्म प्रतिबन्ध लागू गरेपछि अब ३० सेप्टेम्बरदेखि कूल क्षमताको २५ प्रतिशत मानिस मात्र बस्न पाउने गरी इनडोर रेष्टुरेण्ट खोल्न अनुमति दिएको छ । उता फलोरिडाका बारहरु कूल क्षमताको ५० प्रतिशत बस्न पाउने गरी सोमबारदेखि खुल्दैछन् ।

सीडीसीले कोरोनाको जाँच गराउने ३१४ जनामा एक अध्ययन गरेको थियो । रिपोर्टका अनुसार रेष्टुरेण्ट जाने ४१ प्रतिशत मानिसहरु पोजेटिभ पाइए । बितेका १४ दिनमा बार वा कफी शप गएकाहरुमध्ये ७० प्रतिशत पोजेटिभ पाइए । केही महिना पहिलेसम्म अमेरिकाका ४२ राज्यका रेष्टुरेण्टमा खान प्रतिबन्ध थियो तर अब धेरैजसो राज्यले शर्तका साथ अनुमति दिएका छन् । अमेरिकामा ६७ लाखभन्दा धेरै कोरोनाभाइरसबाट संक्रमित भइसकेका छन् । १ लाख ९८ हजार ५ सयको मृत्यु भइसकेको छ ।