२० माघ २०८१, आईतवार
,
Latest
पाटेबाघ मृत फेला ‘एआई’ प्रयोग गरी हुने बाल दुर्व्यवहारलाई अपराध घोषणा गर्ने बेलायत पहिलो राष्ट्र ज्ञान निकेतन, नेरिक र रोज बडलाई इनोभेटिभ कप सानिमा रिलायन्स लाइफको एलिट अचिभर्स नाइट भव्यताका साथ सम्पन्न अर्जुन ट्रफी क्रिकेटः धनगढीको पहिलो जित काउन्सिलद्वारा विभिन्न सञ्चारमाध्यमलाई कारबाही, चारको कारबाही फुकुवा सुदूरपश्चिममा एमालेका पाँच नेता पार्टीबाट निष्कासित नक्कली नोट सहित एक जना पक्राउ ललितपुर महानगरद्वारा १२ फुटबल क्लवलाई प्रोत्साहन पुरस्कार काँग्रेस, एमाले र माओवादीबाट मुलुकको विकास हुन्छ भनेर पर्खिनु मुलुक बर्बाद पार्ने कार्यमा सहभागि हुनु…
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेदरल्याण्ड्सले नेपाललाई दियो १४१ रनको लक्ष्य



अ+ अ-

काठमाडौँ । त्रिकोणात्मक महिला अन्तर्राष्ट्रिय टि–ट्वान्टी शृङ्खलाअन्तर्गत तेस्रो खेलमा घरेलु टोली नेपाललाई नेदरल्याण्ड्सले चुनौतीपूर्ण लक्ष्य प्रस्तुत गरेको छ ।

नेदरल्याण्ड्सले नेपाललाई १४१ रनको लक्ष्य दिएको हो । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङमा उत्रिएको नेदरल्याण्ड्सले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १४० रन जोड्यो ।

नेदरल्याण्ड्सका लागि कप्तान बाबेट डी लिडेले सर्वाधिक ४१ रनको योगदान दिइन् । यसैगरी हेदर सिजर्सले २६ रन बनाउँदा फेबे मोल्केनबोयर र रोबिन रिज्केले समान २१ रन जोडे ।

बलिङमा नेपालकी सिता रानामगर एक्लैले ५ विकेट लिइन् । यस्तै, मनिषा उपाध्यायले २ तथा कविता जोशीले १ विकेट लिइन् ।

जारी प्रतियोगितामा नेपालले यसअघि खेलेको दुवै खेलमा हार बेहारेको थियो । नेपाल आफ्नो पहिलो खेलमा नेदरल्याण्ड्ससँग २० रनले पराजित भएको थियो भने दोस्रो खेलमा थाइल्यान्डसँग चार विकेटको पराजित भएको थियो ।

पहिलो खेलमा नेपाललाई पराजित गरेको नेदरल्याण्ड्स आफ्नो दोस्रो खेलमा थाइल्यान्डसँग आठ विकेटको पराजित भएको थियो ।