५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेतन्याहूले गाजा युद्धविरामको दोस्रो चरणबारे अमेरिकासँग छलफल गर्ने



इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहु
अ+ अ-

एजेन्सी । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले गाजा युद्धविरामको दोस्रो चरणको वार्ताका सम्बन्धमा सोमबार अमेरिकी अधिकारीहरूसँग छलफल गर्नुहुने भएको छ ।

प्रधानमन्त्री नेतन्याहूले आइतबार अमेरिकी राष्ट्रपतिका मध्यपूर्वदूत स्टिभ विटकोफसँग कुराकानी गर्नुभएको र अमेरिकी अधिकारीहरूसँग ‘वासिङ्टनमा हुने भेटवार्तामा थप छलफल गर्ने’ सहमति जनाउनुभएको छ ।

हमास र इजरायलका मध्यस्थकर्ता र प्रतिनिधिमण्डलबीच भएको ४२ दिने पहिलो चरण अर्को महिना समाप्त हुनेछ भने दोस्रो चरणको औपचारिक वार्ताको मिति तय गरिएको छैन ।

विटकोफले इजरायलका प्रधानमन्त्री नेतन्याहूसँग दोस्रो चरणको वार्ता अघि बढाउनका लागि छलफल गर्नुअघि प्रमुख मध्यस्थकर्ता कतार र इजिप्टसँग कुरा गर्नुहुने बताइएको छ ।

दोस्रो चरणमा बाँकी रहेका बन्दीको रिहाई र युद्धको स्थायी अन्त्यका बारेमा थप छलफल हुने अपेक्षा गरिएको छ । यसको नेतन्याहू सरकारका धेरै सदस्यहरूले विरोध गरेका छन् ।

इजरायलबाट १५ महिनाभन्दा बढी समयदेखि बन्धक बनाइएका ३३ व्यक्तिको रिहाइका बदलामा इजरायलमा बन्दी रहेका करिब एक हजार ९०० प्यालेष्टिनीको रिहाइको लागि जनवरी १९ मा इजरायलसँगको युद्धविराम सम्झौताअन्तर्गत हमास र उसको सहयोगी इस्लामिक जिहादले अहिलेसम्म १८ जना बन्धकलाई रेडक्रसको अन्तर्राष्ट्रिय समितिलाई सुम्पेका छन्

हमास स्रोतका अनुसार आगामी शनिबार बन्धकको पाँचौं समूह र प्यालेष्टिनी कैदीबीच आदानप्रदान हुनेछ ।

युद्धविरामको छ हप्ताको पहिलो चरण ३३ बन्धक र एक हजार ९०० प्यालेष्टिनीको आदानप्रदान कसरी हुन्छ भन्ने कुराले दोस्रो चरणको सम्झौताको वातावरण बन्नेछ ।