१९ माघ २०८१, शनिबार
,
Latest
प्रदेश सरकारले माग गरेका कानुन चाँडै बन्नेछन्ः सभामुख घिमिरे अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिता: डडेल्धुराको विजयी सुरुआत बागमती शारीरिक सुगठनमा श्रेष्ठ निर्विरोध ‘राज्यबाट अभिव्यक्ति स्वतन्त्रता कुण्ठित हुने सम्भावना छैन’ सोलुखुम्बुमा आगलागी र हावाहुरीकले २९ संरचनामा क्षति निजगढ अन्तरराष्ट्रिय विमानस्थल तत्काल बनाउनुपर्नेमा जोड पाँडे, शाह र बाउसेलाई ‘वानीरा पुरस्कार’ मगर र गुरुङ भाषालाई सरकारी कामकाजमा ल्याउन सुझाव सङ्कलन महाकुम्भबाट फर्किरहेको गाडी दुर्घटना हुँदा ५ नेपालीको मृत्यु, ४ घाइते युएई पठाइदिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेस भूमिहीन बसोबास समन्वय विभागमा १० सदस्य मनोनीत



अ+ अ-

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भूमि व्यवस्था तथा भूमिहीन बसोबास समन्वय विभाग सदस्यमा १० जनालाई मनोनयन गर्नुभएको छ ।

कांग्रेसको विधान, २०१७ (संशोधन सहित)को धारा २५ (९)बमोजिम पार्टीका केन्द्रीय सदस्य नृपबहादुर वड प्रमुख रहनुभएको विभाग सदस्यमा १० जनालाई मनोनयन गर्नुभएको पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

मनोनयन हुनेमा राजकुमार पाण्डे (काठमाडौँ), ज्ञानबहादुर शाही (जाजरकोट), देवकीदेवी सिंह (डडेल्धुरा), कल्पना श्रेष्ठ (भक्तपुर), श्यामकृष्ण महर्जन (काठमाडौँ), सरिता बिसी (रुकुम पूर्व), विजयजङ्ग बस्नेत (मोरङ), प्रेमबहादुर विक (नवलपरासी), सञ्जीव पुडासैनी (गोरखा) र सपुतबहादुर कार्की (रौतहट) रहनुभएको छ ।