१६ श्रावण २०८३, शनिबार
,
Latest
झैझगडामा संलग्न एक जना पक्राउ प्रवेश परीक्षा दिन गएका विद्यार्थीको मृत्यु सीमानाकाबाट हुने अवैध पेयपदार्थको ओसारपसारमा कडाइ स्वार्थ समूहको दबाबमा होइन, राष्ट्रिय हितमा कानून बनाऔँः एमाले सांसद झाँक्री प्रविधि र जलवायु संकट मानव अधिकारका लागि नयाँ चुनौतीः न्यायाधीश मल्ल हिंसाबाट सत्ता परिवर्तन गर्ने सोच हाबी भयोः राधेश्याम अधिकारी ‘केही नेपाल ऐन संशोधन’मार्फत कानून बदल्ने अभ्यास गलतः काँग्रेस सांसद खाती विश्वप्रसिद्ध नेपाली आरोही निर्मल ‘निम्सदाइ’ पुर्जाको निधन सरकारले राष्ट्रिय सभाका सांसदको सुझाव नै मान्दैनः नेकपा नेता सुवेदी कुबेत आक्रमणमा परी निधन भएका नेपाली नागरिकको पार्थिव शरीर स्वदेश ल्याइँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

अध्यादेशको सही कार्यान्वयन हुन सके बेरोजगारी घटाउन सकिन्छः अध्यक्ष ढकाल



अ+ अ-

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले सरकारले ल्याएको अध्यादेशको कार्यान्वयन गर्नसके बेरोजगारी घटाउन सकिने बताउनुभएको छ ।

शनिवार वागलुङमा इला कम्फोर्ट होटलको शुभारम्भ कार्यक्रममा बोल्दै उहाँले यस्तो बतउनुभएको हो । उहाँले अहिले बाध्यतावह विदेशिनुपरेको यथार्थलाई हटानउ स्वदेशमै रोजगारका अवसर सिर्जना गर्न सक्नुपर्ने बताउनु भयो ।

उहाँले स्वदेशमै रोजगारी सिर्जना गर्नका लागि सरकारले ल्याएको अध्यादेशको कार्यान्वयन आवश्यक रहेको बताउनु भयो । उहाँले अध्यादेशमार्फत परिवर्तन भएका कानूनहरुको सही कार्यान्वयन जरुरी रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘एउटा बाध्यताले हामी बाहिर जानुपरेको छ । सधारण तरिकाबाट त्यो रोक्नसक्ने अवस्था छैन । त्यसको लागि हामीले नेपालमै अवसर दिनुपर्छ । त्यसो हुनसके मात्रै बाहिर विवश भएर जानेकुरा रोकिन्छ । हालै नेपाल सरकारले अध्यादेशमार्फत कानूनहरु ल्याएको छ । त्यो निजी क्षेत्रले स्वागत गरेको छ ।

कतिपय चिजहरु हाम्रा पुराना कानूहरु, भइरहेका कानूनहरु निजी क्षेत्रले दिएको सुझावअनुसार परिवर्तन भएका छन् । कतिपय पुराना कानूनहरु आफैँमा राम्रा पनि छन् । तर त्यसको सही किसिमले इम्प्लिमेण्ट हुनसकेको छैन । अध्यादेशमार्फत परिवर्तन भएका कानूनहरुको स्प्रिडअनुसार नियमावली, कार्यविधि र कार्यान्वयन हुनसके बेरोजगार घटाउने, आर्थिक समृद्धि बढाउने, विदेश जानलाई बाध्य हुनुपर्ने महशुस गरेका छौँ, त्यो अन्त्य गर्न सकिन्छ ।’

अध्यक्ष ढकालले नेपालकै पुँजी परिचालन गरेर ठूलो आयोजना सम्पन्न गर्नसकिन्छ भन्ने उद्देश्यकासाथ आफूहरु अघि बढेको बताउनु भयो ।