२० मंसिर २०८२, शनिबार
,
Latest
यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न प्लेअफ पुग्दा उत्साहित छौँः लुम्बिनीका कप्तान पौडेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

अध्यादेशको सही कार्यान्वयन हुन सके बेरोजगारी घटाउन सकिन्छः अध्यक्ष ढकाल



अ+ अ-

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले सरकारले ल्याएको अध्यादेशको कार्यान्वयन गर्नसके बेरोजगारी घटाउन सकिने बताउनुभएको छ ।

शनिवार वागलुङमा इला कम्फोर्ट होटलको शुभारम्भ कार्यक्रममा बोल्दै उहाँले यस्तो बतउनुभएको हो । उहाँले अहिले बाध्यतावह विदेशिनुपरेको यथार्थलाई हटानउ स्वदेशमै रोजगारका अवसर सिर्जना गर्न सक्नुपर्ने बताउनु भयो ।

उहाँले स्वदेशमै रोजगारी सिर्जना गर्नका लागि सरकारले ल्याएको अध्यादेशको कार्यान्वयन आवश्यक रहेको बताउनु भयो । उहाँले अध्यादेशमार्फत परिवर्तन भएका कानूनहरुको सही कार्यान्वयन जरुरी रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘एउटा बाध्यताले हामी बाहिर जानुपरेको छ । सधारण तरिकाबाट त्यो रोक्नसक्ने अवस्था छैन । त्यसको लागि हामीले नेपालमै अवसर दिनुपर्छ । त्यसो हुनसके मात्रै बाहिर विवश भएर जानेकुरा रोकिन्छ । हालै नेपाल सरकारले अध्यादेशमार्फत कानूनहरु ल्याएको छ । त्यो निजी क्षेत्रले स्वागत गरेको छ ।

कतिपय चिजहरु हाम्रा पुराना कानूहरु, भइरहेका कानूनहरु निजी क्षेत्रले दिएको सुझावअनुसार परिवर्तन भएका छन् । कतिपय पुराना कानूनहरु आफैँमा राम्रा पनि छन् । तर त्यसको सही किसिमले इम्प्लिमेण्ट हुनसकेको छैन । अध्यादेशमार्फत परिवर्तन भएका कानूनहरुको स्प्रिडअनुसार नियमावली, कार्यविधि र कार्यान्वयन हुनसके बेरोजगार घटाउने, आर्थिक समृद्धि बढाउने, विदेश जानलाई बाध्य हुनुपर्ने महशुस गरेका छौँ, त्यो अन्त्य गर्न सकिन्छ ।’

अध्यक्ष ढकालले नेपालकै पुँजी परिचालन गरेर ठूलो आयोजना सम्पन्न गर्नसकिन्छ भन्ने उद्देश्यकासाथ आफूहरु अघि बढेको बताउनु भयो ।