८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar विपद्मा बेपत्ता व्यक्तिको न्यायिक घोषणासहितका व्यवस्था गर्न विधेयक तयार News Polar राष्ट्रिय सभामा लोक सेवा आयोगको वार्षिक प्रतिवेदन पेश News Polar कांग्रेसको १५औँ महाधिवेशनको लोगोमा बीपीदेखि देउवासम्मका तस्बिर, यस्तो छ नारा News Polar भोटेकोशी बाढी प्रभावित क्षेत्रमा स्वास्थ्य सेवा चुस्तः ८ हजारभन्दा बढीले पाए उपचार News Polar पेट्रोलियममा परनिर्भरता घटाउन दीर्घकालीन पूर्वाधार निर्माणलाई प्राथमिकता : मन्त्री साह News Polar पेट्रोलियम आपूर्ति सुधार्न ‘फिसबोन डायग्राम’ र ‘क्रिटिकल पाथ मेथड’ प्रयोग गर्दैछौँ : मन्त्री साह News Polar टिमुरे बाढीमा ३३८ ट्रक–कन्टेनर बेपत्ता, ४४१ चालक–सहचालक र व्यवसायी सम्पर्कविहीन News Polar अत्यधिक वर्षाको सम्भावनापछि ट्रक व्यवसायीलाई सतर्क रहन महासंघको आग्रह News Polar भारी वर्षाको जोखिमपछि नारायणगढ–मुग्लिन सडकमा राति सवारी आवागमन बन्द News Polar ईश्वर पोखरेलसहित सात नेता एमालेको स्थायी कमिटीमा News Polar एमालेले विद्या भण्डारीलाई सम्मानित वरिष्ठ नेता बनाउने प्रस्ताव News Polar ओलीको राजनीतिक प्रतिवेदन तल्लो तहसम्म संप्रेषण गर्ने एमालेको निर्णय News Polar नामियाद्वारा भोटेकोशी बाढीपीडितका दोस्रो चरणको सहयोग कोषको खातामा News Polar केयूका संस्थापक उपकुलपति शर्माको राजकीय सम्मानका साथ अन्त्येष्टि News Polar ताप्लेजुङको दोभान बजारमा विद्युत् सर्ट हुँदा ७ घर जलेर नष्ट News Polar नेपाली र रुसी पत्रकारबीच सहकार्यका लागि समझदारीपत्रमा हस्ताक्षर News Polar इन्द्रजात्राको सम्पूर्ण गतिविधि गल्ली म्यापबाट लिन सकिने News Polar प्याब्सनद्वारा भोटेकोशी–त्रिशूली बाढीपीडितका लागि २० करोड ८९ लाख राहत सहयोग News Polar भारी वर्षाको जोखिमपछि पृथ्वी राजमार्गमा राति ९ घण्टा सवारी आवागमन बन्द News Polar भाषाविद् डा बन्धु सम्मानित

आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयक अर्थसमितिबाट फिर्ता

आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयक अर्थसमितिबाट फिर्ता
अ+ अ-

काठमाडौँ । अर्थसमितिबाट सरकारले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयक सरकारले फिर्ता गर्ने प्रश्ताव पारित भएको छ ।

शुक्रवार प्रतिनिधि सभा अन्तर्गतको अर्थसमिति बैठकमा आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयक फिर्ताका लागि सरकारले गरेको अनुमति प्रश्ताव बहुमतले पारित गरेसँगै विधेयक समितिबाट फिर्ता भएको छ ।

समिति सभापति सन्तोष चालिसेले सरकारले समिति हुँदै सांसदबाट विधेयक पारित गर्न समय लाग्ने भएकाले अध्यादेशमार्फत आएकाले समितिबाट विधेयक फिर्ता माग गरेअनुरुप समितिले पारित गरेको बताउनु भयो । उहाँले प्रतिनिधि सभा नियमावली, २०७९ को नियम १२२ को उपदफा २ को व्यवस्थाअनुसार समितिमा विधेयक विचाराधिन रहेको अवस्थामा विधेकय फिर्ता लिने अनुमतिका लागि प्रश्ताव प्रश्तुत भए बमोजिम समितिबाट बहुमतले पारित भएको घोषणा गर्नुभयो । उहाँले समितिबाट विधेयक फिर्ताको लागि आएको प्रश्ताव पारित गरेको प्रतिवेदनसहित संसदमा पेश गरिने बताउनु भयो ।

नेकपा (माओवादी केन्द्र) का सांसद तथा पूर्वअर्थमन्त्री वर्षमान पुनले संसदमा बहुमत भएको सरकारले अध्यादेश ल्याउनु उपयुक्त नभएको बताउनु भयो । उहाँले समितिबाट आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयक सरकारले फिर्ता गर्ने प्रश्ताव माथि नोट अफ डिसेन्ट राख्नुभयो । उहाँले समितिमा विचाराधिन भएको विधेयक अध्यादेशमार्फत कानून बनेकाले फिर्ता गर्न नपर्ने बताउनु भयो । उहाँले सरकारले निरकुंश र संसदको अवहेलना र कानून विपरित भएकाले सरकारको प्रश्ताव समितिले स्वीकार गर्न नसकिने बताउनु भयो ।

उहाँले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयक अर्थसमितिबाट फिर्ता भएको विधेयकमा नोट अफ डिसेन्ट राख्नुभयो ।