३० श्रावण २०८३, शनिबार
,
Latest
विद्युत निर्यातको लागी नियामकीय तथा नीतिगत सुधारलाई एकसाथ अघि बढाउँछौँः मन्त्री श्रेष्ठ प्रधानमन्त्री शाहद्वारा भारतको स्वतन्त्रता दिवसका अवसरमा शुभकामना २४ घण्टामा विपद्बाट १३ जनाको मृत्यु, ५ बेपत्ताः वैशाख यता २२९ जनाले ज्यान गुमाए तयार भयो तर प्रयोगमा आएन कनकाईको विद्युतीय शवदाह गृह उच्च अदालत पाटन बारमा मतदान जारी कोलम्बियामा भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या २८७ पुग्यो ४०० अझै बेपत्ता इन्डोनेसियामा शक्तिशाली भूकम्प, कम्तीमा पाँच जनाको मृत्यु विद्युत ऐनले निजी क्षेत्रलाई विद्युत निर्यात गर्न रोक्दैनः उर्जाविज्ञ अधिकारी निजी क्षेत्रलाई विद्युत व्यापारमा सहभागी गराउन अपरिहार्यः अध्यक्ष डाँगी विद्युत व्यापारमा निजी क्षेत्रलाई सहभागी गर्न कानून संशोधन गर्दैछौँः सचिव दुवाडी
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘एक्टरः टेक वन’ र ‘एक्टर’ का निर्माताबीच सहमति जुट्यो



अ+ अ-

काठमाडौँ । फिल्म ‘एक्टरः टेक वन’ र ‘एक्टर’ का निर्माताबीच नामको विषयलाई लिएर भईरहेको विवादमा सहमति जुटेको छ ।

बिहीबार दिउँसो कानुन व्यवसायीहरूको सहभागितामा दुई पक्षबीच भएको छलफलपछि फिल्म ‘एक्टरः टेक वन’ लाई आजकै मितिदेखि प्रदर्शन गर्न दिने सहमति जुटेको हो ।

सहमति जुटेसँगै दुई पक्षले संयुक्त विज्ञप्ति जारी गर्दै ‘एक्टर’ का निर्माताले ‘एक्टरः टेक वन’ विरूद्ध काठमाडौं जिल्ला अदालतमा दायर गरेको मुद्दा पनि फिर्ता लिने सहमति भएको जानकारी दिईएको छ ।

साथै, फिल्मको प्रदर्शनमा सघाउन चलचित्र विकास बोर्ड, चलचित्र संघ र देशभरका हललाई अनुरोध समेत गरिएको छ ।