५ असार २०८३, शुक्रबार
,
Latest
‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत श्रमप्रति सकारात्मक धारणा नराख्दा मुलुकले सधैं गरिवी झेल्नु पर्‍योः हर्कराज राई यस्ता छन् जेठ महिनाभर बसेका मन्त्रिपरिषद् बैठकका निर्णयहरू (निर्णयसहित) अर्थतन्त्रको आधुनिकीकरण र सामाजिक न्यायका लागि करको दायरा विस्तारः अर्थमन्त्री डा. वाग्ले नेपाली चलचित्रले विश्व बजारमा नेपालको पहिचान स्थापित गर्न सक्छः राष्ट्रपति पौडेल पाथीभरा केवलकार विवाद समाधान गर्न सरकारद्वारा सात सदस्यीय कार्यदल गठन सरकारका राम्रा कामको समर्थन गर्छौंः राप्रपा नेता शाही जनमत प्राप्त सरकारले करको विवेकपूर्ण ढंगले उपयोग गर्न पाउँछः अर्थमन्त्री वाग्ले खुश्वु ओलीको आरोपः सरकारले स्वार्थ समूहको प्रभाव बढ्ने गरी कर नीति ल्यायो हेटौँडाका ६० जना अनौपचारिक क्षेत्रका श्रमिक सामाजिक सुरक्षा कोषमा आबद्ध
तपाईं के खोज्दै हुनुहुन्छ ?

अखिल क्रान्तिकारीको महासचिवमा रोशन थापामगर निर्वाचित



अ+ अ-

काठमाडौं । नेकपा (माओवादी केन्द्र) निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)को महासचिवमा रोशन थापामगर निर्वाचित भएका छन् ।

यस अघि संगठनको सचिवको जिम्मेवारीमा थापामगर महासचिवमा निर्वाचित भएका हुन् । उनी पुल्चोक इन्जिनियरिङ क्याम्पसको स्ववीयु सभापति समेत थिए ।

थापामगर नेकपा (माओवादी केन्द्र)का उपमहासचिव जनार्दन शर्मा निकट मानिन्छन् । उपमहासचिव शर्मा अर्थमन्त्री रहदाँ उनी सचिवालयमा बसेर काम गरेका थिए ।

थापामगर महासचिवका ७ जना उम्मेदवारलाई पछि पार्दै विजयी भएका हुन् ।

महासचिवमा थापामगरसँगै तिर्सना हमाल, पदमप्रसाद काफ्ले, प्रतिक कार्की, शिब बस्नेत, श्यामबहादुर रोक्का, संजयकुमार महतो र सञ्जिव फुयाल प्रतिस्पर्धामा थिए ।