३ भाद्र २०८३, बुधबार
,
Latest
एक वर्षमा चौध करोडको जडीबुटी निर्यात चालु आर्थिक वर्षका काम र उपलब्धिका लागि मन्त्रीसँग प्रधानमन्त्रीको सम्झौता अनलाइन बेटिङ तथा क्रिप्टो कारोबारमा संलग्नमाथिको कारबाही तीव्र बलिदानीपूर्ण इतिहास सम्झिएर काम गर्न एमाले नेता थापाको आग्रह ‘चिट्ठामा रमाउने सरकार’ भनेपछि रास्वपा सांसद तामाङको नियमापत्ति नेप्से परिसूचक झिनो अङ्कले घट्यो बारामा ३ वर्षीया बालिकाको बलात्कारपछि हत्यामा संलग्नलाई कारबाही गर्न सांसदहरुको माग बालबालिकामा बढ्दो मोबाइल लत नियन्त्रण गर्न अभिभावक लक्षित सचेतना कार्यक्रम चलाउन माग विदेशमा रहेका नेपालीलाई स्थानीय तह निर्वाचनमा मतदानको व्यवस्था गर्न रास्वपाको माग राष्ट्रियसभाको अर्काे बैठक भदौ ५ गते
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेयमारलाई लाग्यो दुई खेलमा प्रतिबन्ध



अ+ अ-

पेरिस । फ्रान्सेली फुटबल संघले पेरिस सेन्ट जर्मेन (पीएसजी) का फरवार्ड नेयमारलाई बुधबार दुई खेलमा प्रतिबन्ध लगाएको छ । फ्रेन्च लिग वानमा मार्सेविरुद्धको खेलमा उनले रातो कार्ड पाएका थिए । खेलको अन्त्यमा सुरु भएको झगडामा उनीसँगै ५ खेलाडीले रातो कार्ड पाएका थिए ।

झगडाका क्रममा ब्राजिली खेलाडीले मार्सेका डिफेन्डर एलभारो गोन्जालेजलाई गालामा हानेका थिए र फुटबल संघले पूरा घटनाका छानबिन पनि गरिरहेको छ । नेयमारबिना बुधबार नै मैदानमा उत्रेको पीएसजीले लिगमा पहिलो जित निकाल्न सफल रह्यो । उसले मेट्जलाई १–० ले हरायो ।

खेलको निर्णायक गोल जुलियन ड्राक्सलरले इन्ज्युरी समयको तेस्रो मिनेटमा गरेका थिए । डिफेन्डिङ च्याम्पियन पीएसजीले लिगका सुरुवाति दुई खेल गुमाएयता तेस्रो प्रयासमा पहिलो जित निकालेको हो । सन् २०१० यता पीएसजीले लगातार तीन खेलमा हार बेहोरेको छैन ।