२८ भाद्र २०८३, आईतवार
,
Latest
प्रतिगामी कदम लामो समय टिक्न सक्दैनः ओली १२ दिनपछि कृष्णभीरमा ट्रायलका रूपमा एकतर्फी यातायात सञ्चालन, असोज १ बाट नियमित सञ्चालनको लक्ष्य स्रोत नखुलेको १३ लाख ७५ हजारसहित हुण्डी कारोबारमा युवक पक्राउ बदलिँदो जनसांख्यिक संरचनालाई समाजवादको आधार बनाउनुपर्नेमा विज्ञहरूको जोड कृष्णभीरबाट सवारीसाधन आवागमनको परीक्षण सफल, सडक पूर्ण सञ्चालनको तयारी तीव्र हरिओम र निरजको जोडीलाई ब्याडमिन्टनको उपाधि कृष्णभीरमा ग्यास बुलेट र हेभी सवारीका लागि सडक खुलाउने तयारी नास्टलाई राजनीतिक हस्तक्षेपमुक्त गरी वित्तीय स्वायत्तता प्रदान गर्न नयाँ ऐन निर्माणको गृहकार्यमा सरकार प्राचीन नागेश्वर मन्दिरअघि वर्षात्ले जम्मा गरेको माटोले प्रवेशमा समस्या शुक्लाफाँटामा हात्तीले दुई घर भत्कायो
तपाईं के खोज्दै हुनुहुन्छ ?

भ्याली पब्लिक र संस्कृतिको जित



अ+ अ-

काठमाडौं। भ्याली पब्लिक र संस्कृतिले प्रथम ज्ञान संस्कार अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको जुनियर ब्वाइजमा मंगलबार जित हात पारेका छन् ।

सामाखुशीस्थित आयोजक ज्ञान संस्कारको कोर्टमा भ्याली पब्लिकले इडेन ब्रिज एकेडेमी (इबीए) लाई ३९–३४ ले पराजित गर्यो । भ्याली पब्लिकको जितमा अशोक विकले १७ अंक योगदान गरे । रशिद धाक्वाको ६ अंक सहयोगमा संस्कृतिले रिलायन्सलाई १६–१३ ले हरायो ।

जुनियर ब्वाइजमै एन्जल्स हार्टले सेबलाई ३४–३०, किङडमले एचएचसीएलाई २९–२५, रिलायन्स पब्लिकले ह्वाइट माउन्टेनलाई २५–२० र पारामाउन्ट एकेडेमीले ग्रिनल्यान्डलाई १८–१५ ले पाखा लगाए । एन्जल्स हार्टका रुपेश पौडेलले १२, किङडमका प्रवेश लामाले १३, रिलायन्स पब्लिकका मुनित सक्सेनाले १२ र पारामाउन्टका सुशान्त थापाले १६ स्कोर गरे ।

जुनियर गल्र्समा बौद्ध चिल्ड्रेन हेभेनले आयोजक ज्ञान संस्कारलाई ३५–३०, फेरिल्यान्डले बागमतीलाई ३२–२६, काष्ठमण्डपले सत्यसाईलाई २०–१३ र केभीकेएसएसले तेजस्वी एकेडेमीलाई १५–११ ले पन्छाए । बौद्धकी दिसन तामाङले ११, फेरिल्यान्डकी करुण बोगटीले १६ र केभीकेएसएसकी खुशीले ७ अंक बटुले ।