१ पुष २०८२, मंगलवार
,
Latest
बाघ संरक्षणमा नेपालले प्राप्त गरेको उपलब्धि उदाहरणीय छः मन्त्री चौलागाईं सरकार र नागरिक बचाउ महाअभियानबीचको वार्ता सकारात्मक पुस दोस्रो साता राष्ट्रियसभाको बैठक बस्छः अध्यक्ष दाहाल युक्रेनमा क्षतिपूर्तिको निर्णयका लागि नयाँ समिति गठन बुधवारदेखि कार्यक्रम ‘कठघरा’ प्रसारण हुने: प्रश्न, जवाफ र उत्तरदायित्वको मञ्चको रुपमा विकास गरिने नेपालले चिकित्सकीय क्षमतालाई प्रदर्शन गरी महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छः प्रधानमन्त्री अफगानिस्तानमा जबर्जस्ती निर्वासन रोक्न आममाफीको आग्रह नेपालगन्जमा शेयर साक्षरता कार्यक्रम निर्वाचनसम्बन्धी ७० प्रतिशत काम सम्पन्न भइसक्योः आयोग वैदेशिक रोजगारबाट फर्कने महिलाहरूमा मानसिक र सामाजिक समस्या बढ्दो
तपाईं के खोज्दै हुनुहुन्छ ?

भ्याली पब्लिक र संस्कृतिको जित



अ+ अ-

काठमाडौं। भ्याली पब्लिक र संस्कृतिले प्रथम ज्ञान संस्कार अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको जुनियर ब्वाइजमा मंगलबार जित हात पारेका छन् ।

सामाखुशीस्थित आयोजक ज्ञान संस्कारको कोर्टमा भ्याली पब्लिकले इडेन ब्रिज एकेडेमी (इबीए) लाई ३९–३४ ले पराजित गर्यो । भ्याली पब्लिकको जितमा अशोक विकले १७ अंक योगदान गरे । रशिद धाक्वाको ६ अंक सहयोगमा संस्कृतिले रिलायन्सलाई १६–१३ ले हरायो ।

जुनियर ब्वाइजमै एन्जल्स हार्टले सेबलाई ३४–३०, किङडमले एचएचसीएलाई २९–२५, रिलायन्स पब्लिकले ह्वाइट माउन्टेनलाई २५–२० र पारामाउन्ट एकेडेमीले ग्रिनल्यान्डलाई १८–१५ ले पाखा लगाए । एन्जल्स हार्टका रुपेश पौडेलले १२, किङडमका प्रवेश लामाले १३, रिलायन्स पब्लिकका मुनित सक्सेनाले १२ र पारामाउन्टका सुशान्त थापाले १६ स्कोर गरे ।

जुनियर गल्र्समा बौद्ध चिल्ड्रेन हेभेनले आयोजक ज्ञान संस्कारलाई ३५–३०, फेरिल्यान्डले बागमतीलाई ३२–२६, काष्ठमण्डपले सत्यसाईलाई २०–१३ र केभीकेएसएसले तेजस्वी एकेडेमीलाई १५–११ ले पन्छाए । बौद्धकी दिसन तामाङले ११, फेरिल्यान्डकी करुण बोगटीले १६ र केभीकेएसएसकी खुशीले ७ अंक बटुले ।