८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar विपद्मा बेपत्ता व्यक्तिको न्यायिक घोषणासहितका व्यवस्था गर्न विधेयक तयार News Polar राष्ट्रिय सभामा लोक सेवा आयोगको वार्षिक प्रतिवेदन पेश News Polar कांग्रेसको १५औँ महाधिवेशनको लोगोमा बीपीदेखि देउवासम्मका तस्बिर, यस्तो छ नारा News Polar भोटेकोशी बाढी प्रभावित क्षेत्रमा स्वास्थ्य सेवा चुस्तः ८ हजारभन्दा बढीले पाए उपचार News Polar पेट्रोलियममा परनिर्भरता घटाउन दीर्घकालीन पूर्वाधार निर्माणलाई प्राथमिकता : मन्त्री साह News Polar पेट्रोलियम आपूर्ति सुधार्न ‘फिसबोन डायग्राम’ र ‘क्रिटिकल पाथ मेथड’ प्रयोग गर्दैछौँ : मन्त्री साह News Polar टिमुरे बाढीमा ३३८ ट्रक–कन्टेनर बेपत्ता, ४४१ चालक–सहचालक र व्यवसायी सम्पर्कविहीन News Polar अत्यधिक वर्षाको सम्भावनापछि ट्रक व्यवसायीलाई सतर्क रहन महासंघको आग्रह News Polar भारी वर्षाको जोखिमपछि नारायणगढ–मुग्लिन सडकमा राति सवारी आवागमन बन्द News Polar ईश्वर पोखरेलसहित सात नेता एमालेको स्थायी कमिटीमा News Polar एमालेले विद्या भण्डारीलाई सम्मानित वरिष्ठ नेता बनाउने प्रस्ताव News Polar ओलीको राजनीतिक प्रतिवेदन तल्लो तहसम्म संप्रेषण गर्ने एमालेको निर्णय News Polar नामियाद्वारा भोटेकोशी बाढीपीडितका दोस्रो चरणको सहयोग कोषको खातामा News Polar केयूका संस्थापक उपकुलपति शर्माको राजकीय सम्मानका साथ अन्त्येष्टि News Polar ताप्लेजुङको दोभान बजारमा विद्युत् सर्ट हुँदा ७ घर जलेर नष्ट News Polar नेपाली र रुसी पत्रकारबीच सहकार्यका लागि समझदारीपत्रमा हस्ताक्षर News Polar इन्द्रजात्राको सम्पूर्ण गतिविधि गल्ली म्यापबाट लिन सकिने News Polar प्याब्सनद्वारा भोटेकोशी–त्रिशूली बाढीपीडितका लागि २० करोड ८९ लाख राहत सहयोग News Polar भारी वर्षाको जोखिमपछि पृथ्वी राजमार्गमा राति ९ घण्टा सवारी आवागमन बन्द News Polar भाषाविद् डा बन्धु सम्मानित

अमेरिकाबाट अवैध आप्रवासीको सामूहिक निष्कासन सुरु

अमेरिकाबाट अवैध आप्रवासीको सामूहिक निष्कासन सुरु
अ+ अ-

काठमाडौं । अमेरिकाले अवैध आप्रवासीलई सामूहिक निस्कासन सुरु गरेको छ । राष्ट्रपतिमा डोनाल्ड ट्रम्पले पुन: सत्ता सम्हालेपछि अमेरिकाले अनधिकृत आप्रवासीलाई सामूहिक रूपमा फिर्ता गर्न थालेको हो । अमेरिकाको इमिग्रेसन एन्ड कस्टम एन्फोर्समेन्ट (आईसीई) कार्यालयका अनुसार ट्रम्पले पदभार ग्रहण गरेयता कम्तिमा २ हजार ६ सय ८१ जना अनधिकृत आप्रवासी पक्राउ परेका छन् ।

राष्ट्रपति ट्रम्पले आफ्नो चुनावी अभियानमै घोषणा गरेअनुसार दक्षिणी सीमामा संकटकाल घोषणासमेत गरिसकेका छन् । उनको घोषणासँगै मेक्सिकोसँगको सीमा क्षेत्रमा १५ सय सैनिक तैनाथ गरिएको छ । रक्षा मन्त्रालयले थप १० हजार सैनिक खटाउने तयारी गरिरहेको छ ।

डिपार्टमेन्ट अफ होमल्यान्ड सेक्युरिटीका अनुसार अमेरिकामा ३ लाखभन्दा बढी नेपालीमूलका बासिन्दा छन् । जसमध्ये २ लाखले ग्रिनकार्ड र करिब ८७ हजारले नागरिकता प्राप्त गरेका छन् । २० हजार विद्यार्थी छन् भने २० हजारले शरणार्थीका रूपमा आवेदन दिएका छन् । साथै ७ हजार ५ सयले अस्थायी आवासीय अनुमति पाएका छन् । त्यस्तै इमिग्रेसन एन्ड कस्टम एन्फोर्समेन्ट (आईसीई) ले १३ सय नेपाली अनधिकृत रहेको अनुमान गरेको छ ।

अमेरिकामा सन् १९९० मा ३५ अनधिकृत आप्रवासी थिए । २०२२ मा हालसम्मकै उच्च अर्थात् १ करोड २२ लाख पुगेको थियो । त्यो संख्या केही घटेर हाल १ करोड १० लाख रहेको प्यु रिसर्चले जनाएको छ । तीमध्ये सबैभन्दा बढी मेक्सिकोका ४० लाख छन् ।

दोस्रो स्थानमा रहेको एल साल्भाडोरका ७ लाख ५० हजार छन् । तेस्रो स्थानमा रहेको भारतका ७ लाख २५ हजार अनधिकृत आप्रवासी छन् । तीमध्ये सबैभन्दा बढी पञ्जाब र गुजरात प्रान्तका भएको बताइएको छ ।

त्यस्तै, ग्वाटेमालाका ६ लाख ७५ हजार, होन्डुरसका ५ लाख २५ हजार र भेनेजुएलाका २ लाख ७० हजार छन् । अनधिकृत आप्रवासीमध्ये सबैभन्दा बढी क्यालिफोर्निया राज्यमा १८ लाख छन् । टेक्सासमा १६ लाख, फ्लोरिडामा १२ लाख, न्युयोर्कमा ६ लाख ५० हजार, न्युजर्सीमा ४ लाख ७५ हजार र इलिनोईमा ४ लाख अनधिकृत आप्रवासी छन् । त्यस्तै, जर्जियामा ३ लाख ५० हजार, नर्थ क्यारोलाइनामा ३ लाख २५ हजार, मासाचुसेट्समा ३ लाख र वासिङ्टनमा ३ लाख अनधिकृत आप्रवासी छन् । अमेरिकी सरकारका अनुसार अनधिकृत आप्रवासी नेपालीहरू १३ सय ६३ छन् । पछिल्लो वर्षहरूमा ब्राजिल, मेक्सिको, ग्वाटेमालालगायतका मुलुक हुँदै अनधिकृत रूपमा अमेरिका प्रवेश गर्ने नेपालीहरूको संख्या बढ्दो छ । अमेरिका छिर्ने क्रममा कतिपय नेपाली पक्राउ पनि परेका छन् । र, कतिपयको ज्यानसमेत गएको छ ।

आईसीईका अनुसार सन् २०२४ मा १ सय ९२ देशका २ लाख ७१ हजार ४ सय ८४ गैरनागरिकलाई आफ्नो देश फिर्ता गरिएको थियो । तीमध्ये सबैभन्दा बढी मेक्सिकोका ८७ हजार २ सय ९८ जना छन् । त्यस्तै, ग्वाटेमालाका ६६ हजार ४ सय ३५, होन्डुरसका ४५ हजार ९ सय २३ र एल साल्भाडोरका १५ हजार २ सय ८४ जना थिए । त्यस्तै, भारतका १५ सय २९ र नेपालका ५७ जनालाई ‘डिपोर्ट’ गरिएको डिपार्टमेन्ट अफ होमल्यान्ड सेक्युरिटीले जनाएको छ ।

पहिलो चरणमा ट्रम्प प्रशासनले न्युजर्सी, कोलोराडो, इलिनोई, क्यालिफोर्निया, आयोवा, न्युयोर्क, टेक्सास, युटा, मिनेसोटा, फ्लोरिडा, मेरिल्यान्ड, मासाचुसेट्सलगायतका राज्यमा रहेका अनधिकृत आप्रवासीलाई नियन्त्रणमा लिने योजना बनाएको सञ्चारमाध्यमले जनाएका छन् । अमेरिकाका टेक्सास, न्युयोर्क, क्यालिफोर्निया, मेरिल्यान्ड, मासाचुसेट्स, कनेक्टिकट, भर्जिनिया, वासिङ्टन डीसी, नर्थ क्यारोलाइना, ओक्लाहोमालगायत राज्यमा बाक्लो उपस्थिति छ ।