१५ श्रावण २०८३, शुक्रबार
,
Latest
पाँचबुँदे मागसहित माईतीघरमा लघुवित्त पीडितको सामुहिक आमरण अनसन जारी कोशी र मधेसको अवस्थाबारे सभापति थापाले गरे पार्टी नेतासँग छलफल हिमपहिरोमा बेपत्ता नेपाली आरोहीको खोजीमा पाकिस्तानसँग समन्वय जारी छ: पर्यटन विभाग मधेसको पछिल्लो अवस्थाबारे प्रधानमन्त्री शाह र मधेसवादी दलबीच छलफल धनुषामा मृत फेला परेका व्यक्ति मन्दिरका पुजारी नभएको पुष्टि, घटनालाई धर्मसँग नजोड्न प्रहरीको आग्रह सार्वजनिक ऋणको त्रास अनावश्यक, कर्जा विस्तार संकुचनले अर्थतन्त्र प्रभावितः पूर्वगभर्नर डा. नेपाल देशभर हर्षोल्लासका साथ साउन १५ मनाइँदै प्रतिफल नदिने पूर्वाधारमा ऋण लगानी गर्दा मुलुक संकटतर्फः पूर्वप्रधानन्यायाधीश श्रेष्ठ ब्रड पिक दुर्घटना : यी हुन् निर्मल पुर्जासहित बेपत्ता भएका नेपाली सार्वजनिक ऋणको त्रास अनावश्यक, कर्जा विस्तार संकुचनले अर्थतन्त्र प्रभावितः पूर्वगभर्नर डा. नेपाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

राजनीतिमा सक्रिय हुने पूर्वराष्ट्रपति भण्डारीको संकेत



अ+ अ-

काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रको समग्र विकासमा सबैको भूमिका महत्त्वपूर्ण हुने भएकाले आफ्नो स्थानबाट योगदान गर्नु आवश्यक रहेको बताउनुभएको छ ।

विराटनगरमा पत्रकारसँग कुरा गर्दै उहाँले अहिले नै पार्टी राजनीतिमा सक्रिय भइहाल्ने बेला नभएकाले बेला आएपछि भने राजनीतिमा सक्रिय हुने संकेत गर्नुभयो ।

उहाँले भन्नुभयो ‘म हिजो पनि एमालेमा नै जन्मिएको, हुर्केको, बढेर यहाँसम्म आएको हो । फेरि पनि त्यही फर्किन्छु ।’

राजनीतिमा चासो राख्नेले छलफलको विषय बनाएपनि दलीय जिम्मेवारी लिने चरणमा आफू पुगी नसकेको उहाँले प्रष्ट पार्नुभयो ।

उहाँले राष्ट्रपति प्रणाली र राष्ट्रपति पद गैरराजनीतिक जिम्मेवारी नभएको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, “अहिले मिडियामा मेरो बारेमा आएका कुरा गलत छन् ।”

पूर्वराष्ट्रपति भण्डारीले आफू सचेत, सङ्गठित भएर हिँडेदेखि राष्ट्रिय राजनीतिमा चासो राखेको बताउनुभयो । उहाँले भन्नुभयो, “हरेकले राष्ट्रिय राजनीति बुझ्न आवश्यक छ, राजनीतिबाट कोही अछूत छैन र राजनीतिमा गहिरो चासो छ ।”

सोमबार विराटनगर आउनुभएको पूर्वराष्ट्रपति भण्डारी आजैदेखि राजनीतिक भेटघाटमा व्यस्त हुनुभएको छ ।