२४ जेष्ठ २०८३, आईतवार
,
Latest
ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ साहित्यिकार डौलियाका २० कृति विमोचन
तपाईं के खोज्दै हुनुहुन्छ ?

चार देशीय महिला फुटबल च्याम्पियनसिपका लागि ३९ खेलाडीलाई प्रशिक्षणमा बोलाइयो



अ+ अ-

काठमाडौँ । चार देशीय महिला फुटबल च्याम्पियनसिपका लागि ३९ जना खेलाडीलाई बन्द प्रशिक्षणका लागि बोलाइएको छ ।

महिला फुटबल टोलीको प्रशिक्षकमा नियुक्त भएलगत्तै प्रशिक्षक राजेन्द्र तामाङले ३९ जना प्रारम्भिक खेलाडीहरूलाई डाकेका हुन् । बन्द प्रशिक्षण १ फेब्रुअरीदेखि सुरू हुनेछ ।

प्रशिक्षणमा बोलाइएका खेलाडीहरूमा एन्जिला तुम्बापो सुब्बा, अञ्जना राना मगर, उषा नाथ, अमृता जैशी, गीता राना, विमला विक, निशा थोकर, समीक्षा घिमिरे, पूजा राना, अनिता बस्नेत, अमिषा कार्की, अनिता केसी, प्रीति राई, विमला चौधरी, साबित्रा भण्डारी, रेखा पौडेल छन् ।

त्यस्तै, रेनुका नगरकोटी, रश्मी कुमारी घिसिङ, सविता राना मगर, सजनी थोकर, चन्द्रा भण्डारी, रेनुका हमाल, सम्झना लावती, सावित्री किसन, सहारा लिम्बु, सुष्मा तामाङ, मनमाया दमाई, हेमा चौधरी, सुजाता तामाङ, बिर्सना चौधरी, सुक्रिया मियाँ, प्रतिक्षा चौधरी, सेमिहाङमा लिम्बु, मिना देउवा, पुष्पकुमारी खड्का, यशोदा शाही, ममता पुन र झुमा विश्‍वकर्मा छन् ।

नेपालको आयोजनामा आगामी फेब्रुअरी १७ देखि २६ सम्म दशरथ रङ्गशालामा प्रतियोगिता सञ्चालन हुनेछ ।