१६ माघ २०८१, बुधबार
,
Latest
ताल तथा सीमसार क्षेत्रमा पाइने चराको अस्तित्व खतरामा अमेरिकी डलरलगायत यी विदेशी मुद्राको भाउ बढ्यो परिवर्तनका लागि आहूति दिने सहिदको सम्झनामा आज सहिद दिवस मनाइँदै पूर्वराजा ज्ञानेन्द्रद्वारा आज कपिलवस्तुको तौलेश्वरनाथ महादेवको दर्शन र पूजापाठ इजरायली सैनिकको आक्रमणमा लेबनानमा २५ जनाको मृत्यु, १६० घाइते ट्र्याक्टरबाट खस्दा एक युवकको मृत्यु प्रथम जय नेपाल कपको उपाधि मध्यपश्चिम विश्वविद्यालयलाई ऊर्जामन्त्री खड्कासँग भारतको विदेश मन्त्रालयका अतिरिक्त सचिवको शिष्टाचार भेट अध्यादेशका भरमा काम गर्दा जनताका अधिकार संकुचित हुनसक्छ : पुष्पकमल दाहाल ‘प्रचण्ड’ देशव्यापीरूपमा १६ लाख किशोरीलाई ‘एचपिभी’ खोप लगाइँदै, खोपदूतमा मनिषा कोइराला
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाली जनताले विश्वास गरे ०८४ मा बहुमत ल्याउँछौँः महासचिव चन्द



अ+ अ-

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दले ०८४ को निर्वाचनमा समाजवादी अभियानको निम्ति नेकपालाई जिताउन अपिल गर्नुभएको छ ।

आईतवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो आग्रह गर्नुभएको हो । उहाँले नेकपालाई ०८४ को निर्वाचनमा जिताए राष्ट्रिय स्वाधिनताका लागि काम गर्ने बताउनु भयो । नेपाली जनतालाई संसदीय चुनावबाट समाजवादको यात्रामा लैजाने आफूहरुको चाहना रहेको बताउनु भयो ।

देशलाई स्वाधिन बनाउने एजेण्डा र नेपाली जनतालाई माथि उठाउने उद्देश्यसहित निर्वाचनमा जान लागेको बतानु भयो । उहाँले नेपाली जनताको पैसा, दया, माया नभइ विश्वास भए मात्रे पुग्ने बताउनु भयो । एकपटक नेकपालाई विश्वास गरेको खण्डमा आजको व्यवसाय, उत्पादन वृद्धिका लागि सहयोग गर्ने प्रतिवद्धता गर्नुभयो । कसैले पनि हेप्न नसक्नेगरी नेपालको व्यवसायलाई माथि उकास्ने बताउनु भयो । नेपाली जनताले विश्वास गरे बहुमत वा दुई तिहाई सिट नेकपाले जित्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘हाम्रो पार्टीले के निर्णय गरेको छ भने एक पटक ०८४ लाई समाजवादी अभियानको निम्ति प्रयोग गर्ने, राष्ट्रिय स्वाधिनताका लागि प्रयोग गर्ने, संसदीय चुनाव हो हामीलाई थाहा छ । मान्छेले भनेका छन् हामीलाई तपाईंहरु घुम्दै फिर्दै त्यहीँ आउनुभयो नि त । हो यो चुनाव हो । हाम्रो अपिल छ नेपाली जनतालाई संसदीय चुनावबाट समाजवादको यात्रा लड्ने हाम्रो चाहना छ । देशलाई स्वाधिन बनाउने एजेण्डासहित नेपाली जनतालाई माथि उठाउने उद्देश्यसहित एकचोटी जाने विचार छ । यदी नेपाली जनताले हामीलाई विश्वास गर्नुभयो भने ।’

महासचिव चन्दले ०८४ को निर्वाचन अग्रगमन, स्वाधिनता, समाजवादको पक्षमा हुने बताउनु भयो ।