१६ श्रावण २०८३, शनिबार
,
Latest
सामाजिक सद्भाव र शान्ति सुरक्षामा संवेदनशील हुन मुख्यमन्त्रीको आग्रह अलैँची निर्यात ६४ प्रतिशतले बढ्यो, एक वर्षमै चार अर्ब ९६ करोड कारोबार वृद्धि प्रविधि र जलवायु संकट मानव अधिकारका लागि नयाँ चुनौतीः न्यायाधीश मल्ल धार्मिक तथा जातीय सहिष्णुता र शान्तिका लागि काठमाडौंमा नागरिक समाजको ‘सद्भाव र्‍याली’ एकीकृत कानून निर्माण गर्न कानून कार्यन्वयन मापन आवश्यक छः परशुराम मेघी गुरुङ जातीय र धार्मिक सहिष्णुताका लागि काठमाडौंमा सद्भाव र्‍याली झैझगडामा संलग्न एक जना पक्राउ प्रवेश परीक्षा दिन गएका विद्यार्थीको मृत्यु सीमानाकाबाट हुने अवैध पेयपदार्थको ओसारपसारमा कडाइ स्वार्थ समूहको दबाबमा होइन, राष्ट्रिय हितमा कानून बनाऔँः एमाले सांसद झाँक्री
तपाईं के खोज्दै हुनुहुन्छ ?

सैफ अलीमाथि हमला प्रकरणः आरोपितको औंठाछाप मेल खाएन



अ+ अ-

एजेन्सी । बलिउड अभिनेता सैफ अली खानमाथि हमला प्रकरणले नयाँ मोड लिएको छ । सैफमाथि आक्रमण गर्ने अभियुक्त शरीफुल इस्लामको औंठाछाप अभिनेताको घरबाट लिएको नमूनासँग मेल खाँदैन ।

सैफमाथि १५ जनवरीको राती हमला भएको थियो । प्रहरीले माघ २२ गते औंठाछाप र अन्य नमूना लिएको थियो । नमूना परीक्षणका लागि सिआइडी प्रयोगशालामा पठाइएको थियो ।

प्रहरीले घरको सिँढी, बाथरुमको ढोका र कान्छो छोरा जेहको कोठाको ढोकाको ह्यान्डलमा औंठाछाप लिएको थियो । यद्यपी घटनालगत्तै प्रहरीले ती स्थानहरूलाई सिल गरेको हो वा होइन भन्ने पुष्टि भएको छैन ।

यसअघि प्रहरीले सैफ अली खानमाथि भएको आक्रमणमा एकभन्दा बढी आरोपी संलग्न हुन सक्ने आशंका गरेको थियो ।

सैफ अली खानले प्रहरीलाई दिएको बयानमा भनेका थिए कि जनवरी १५ को राति उनी र उनकी श्रीमती करीना कपूर ११ औं तलामा आफ्नो बेडरूममा थिए जब उनीहरूले आफ्नी घरमा काम गर्ने एलियामा फिलिपको चिच्याएको आवाज सुने ।

तिनीहरू जहाँगीरको कोठातिर दौडे जहाँ एलियामा फिलिप पनि सुतिरहेका थिए । त्यहाँ उनले एक अपरिचित व्यक्तिलाई देखे । जहाँगीर पनि रोइरहेको थियो । सैफले अपरिचित व्यक्तिलाई समातेको बताए । यसपछि उनले आक्रमण गरे जसका कारण सैफ घाइते भए ।

अभिनेता सैफ अली खानलाई पाँच ठाउँमा छुरा प्रहार गरिएको थियो । उनको ढाड, नाडी, घाँटी, काँध र कुहिनोमा चोट लागेको छ । उनलाई उनका साथी अफिसर जैदीले अटो रिक्शामा मुम्बईको लीलावती अस्पताल लगेका थिए ।