२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
लोकतन्त्रमा पदसोपानभन्दा कार्यक्षमता र सिर्जनशीलता मुख्य विषयः पूर्वमन्त्री अर्याल दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा काठमाडौँ उपत्यकाका अस्पतालमा स्वास्थ्य सेवा अनुगमन सुरु कीर्तिपुर होल्डिङ सेन्टरमा भेषराज दर्जीको निधनपछि अध्यक्ष घिसिङले उठाए सरकारको जिम्मेवारीमाथि प्रश्न कर्णालीमा सुविधासम्पन्न क्रिकेट मैदान बनाउँछौँः मुख्यमन्त्री कँडेल ‘चुरे सङ्कटः नीति र यथार्थबीचको द्वन्द्वको नमूना’ सम्पर्कविहीन निजामती कर्मचारीको खोजीमा सरकार, ३ दिनभित्र हाजिर अद्यावधिक नगराए कारवाही अगाडी बढाइने लागुऔषधसहित विभिन्न स्थानबाट १५ जना पक्राउ कालीगण्डकी करिडोरः खामभित्तामा पहिरो रोकथाम योजना भरतपुर कारागारका कैदीमा ‘भाइरल’ ज्वरो
तपाईं के खोज्दै हुनुहुन्छ ?

सिरानीमुनी राखेर सुत्नुस् यी चिजहरु, मिल्नेछ अपार सफलता



अ+ अ-

एजेन्सी । वास्तुशास्त्रमा केही यस्ता कुराको उल्लेख गरिएको छ, जसलाई हरेक दिन सिरानीमा राखेर सुत्दा धेरै फाइदा हुन्छ ।

तर यसका साथसाथै केहि यस्ता कुराहरुको पनि उल्लेख गरिएको छ, जसलाई सुत्ने बेला गल्तिले पनि साथमा राख्नु हुदैन, नत्र त्यसको राम्रो नतिजा प्राप्त हुँदैन ।

वास्तुशास्त्रमा मानिसले सुत्ने बेलामा आफ्नो ओछ्यानमा पानी भरिएको तामाको भाँडो राख्नुपर्छ भन्ने मान्यता रहेको छ । अर्को बिहान यो पानी बिरुवामा हाल्नुहोस् । यसो गर्नाले व्यक्तिको लागि प्रगति (सफलता)को ढोका खुल्न थाल्छ ।

कतिपय मानिसलाई धेरै प्रयास गर्दा पनि राम्ररी निन्द्रा लाग्दैन, जसका कारण दिनभर चिडचिडापन रहन्छ र यसको असर स्वास्थ्यमा पनि देखिन्छ । यस्तो अवस्थामा यस समस्याबाट छुटकारा पाउन हरियो अलैंची सिरानीमुनि राखेर सुत्न सक्नुहुन्छ । यसले मानिसलाई राम्रो निन्द्रा दिनुका साथै स्वास्थ्यमा पनि फाइदा पुर्याउँछ ।

धनकी देवीको आशीर्वाद पाउनको लागि पूर्व दिशामा सिक्का राखेर सुत्नु पर्छ । यसबाट देवी लक्ष्मी प्रसन्न भएर साधकमाथि आफ्नो दयालु नजर राख्छिन् । अर्कोतर्फ, सुत्ने बेलामा सिरानीमा बेसार राख्नुभयो भने व्यापारमा फाइदा हुने सम्भावना हुन्छ ।

गल्तीले पनि नराख्नुहोस् यी चिज
धेरैलाई फोन, ल्यापटप जस्ता इलेक्ट्रोनिक सामान सिरानीमा राखेर सुत्ने बानी हुन्छ । तर वास्तुको दृष्टिकोणले त्यसो गर्नु शुभ मानिँदैन । यसले नकारात्मकता मात्र बढाउँदैन, व्यक्तिको स्वास्थ्यमा पनि नराम्रो असर गर्छ । यसका साथसाथै छालाबाट बनेका वस्तुहरू ओछ्यानमा राख्नु पनि शुभ हुँदैन ।




भर्खरै