२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
नेपालमा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाका परियोजना र बजेट दुवै घट्दै, चार वर्षमा परियोजना संख्या दुई तिहाइले… कोरम नपुग्दा सार्वजनिक लेखा समितिको बैठक बस्दै नबसी स्थगित बजेटले निजी क्षेत्रलाई सम्बोधन गर्न सकेन, हामी फेरि भिड्छौँः उपाध्यक्ष डाँगी तराईमा ‘लू’को जोखिम, कसरी बच्ने ? राष्ट्रिय गौरवको आयोजनामा अलमल, कालीगण्डकी ‘करिडोर’ अधुरो राज्य सञ्चालकको सोच नफेरिएका कारण दलित समुदायको अवस्था बदलिएनः अध्यक्ष विश्वकर्मा बजेटमा आएका ऊर्जा क्षेत्रका व्यवस्था कार्यान्वयनमा जोड दिनुपर्छः इप्पान अध्यक्ष कार्की काठमाडौँ महानगरद्वारा सहकारी संस्थाले बहालमा लिएका घर/कोठा तथा फ्ल्याट १५ दिनभित्र खाली गर्न निर्देशन मधेसका १६ प्रतिशत बालबालिकामा कुपोषण मधेश प्रदेशका अर्थमन्त्रीसँग नाडाको भेटवार्ता, अटोमोटिभ क्षेत्रका नीतिगत विषयमा केन्द्रित छलफल
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रदीप खड्काको ‘एक्टर’ विरुद्ध अदालतमा रिट



अ+ अ-

काठमाडौँ । प्रदीप खड्का अभिनीत फिल्म ‘एक्टरः टेक वान’ विरुद्ध रिट दायर भएको छ ।

यही १६ माघदेखि प्रदर्शनमा आउन लागेको फिल्मविरुद्ध प्रतिलिपी अधिकार हनन भएको भन्दै रिट दायर भएको हो । रिटमा चलचित्र विकास बोर्ड, निर्माता कम्पनी अदृत फिल्म्स र मोती फिल्म्सलाई विपक्षी बनाइएको छ ।

गत ४ माघमा प्रदर्शन भएको अर्को फिल्म ‘एक्टर’का निर्माता मनोहरि थापाले खड्का अभिनीत फिल्म ‘एक्टर’ को प्रदर्शन रोक्न माग गर्दै काठमाडौँ जिल्ला अदालतमा मुद्दा दर्ता गरेका हुन् । दुबै पक्षलाई छलफलका लागि १५ गते अदालतमा बोलाइएको छ ।

यसअघि प्रदर्शन भएको फिल्म एक्टरको हुबहु मिल्ने इजाजत चलचित्र विकास बोर्डले अर्को नयाँ फिल्मलाई पनि दिइएको रिट निवेदमा उल्लेख छ ।

चलचित्र विकास बोर्डले भने दुई अलग फिल्म रहेको भन्दै इजाजत दिएको थियो ।