२८ मंसिर २०८२, आईतवार
,
Latest
पदक विजेता चन्द्र स्वदेश फिर्ता गृहमन्त्रीद्वारा प्रहरी सहायक हवल्दार गुरुङको परिवारसँग भेटवार्ता सामूहिक नेतृत्व प्रणालीमा जानुपर्छः वरिष्ठ उपाध्यक्ष पोखरेल मन्त्री घिसिङद्वारा निर्माणाधीन चार लेनको पुलको निरीक्षण अर्थतन्त्रमा हस्तकला क्षेत्रको योगदान उल्लेख्य विपन्न विद्यार्थीलाई चिसोबाट जोगाउन न्यानो कपडा नेपालका परम्परागत खेलहरुको संरक्षण र सम्वर्द्धन गर्नुपर्छः मन्त्री नेपाल एमालेको नयाँ नेतृत्व चयनका लागि निर्वाचन तालिका सार्वजनिक भदौ २४ को जेन-जी आन्दोलन मारिएका प्रहरी परिबारलाई भेट्न पुगे गृह मन्त्री र प्रहरी महानिरीक्षक डिजिटल युगको सांस्कृतिक सेतु: त्रिविबाट सुरु भएको हिमालयन रिम चलचित्र प्रदर्शनी
तपाईं के खोज्दै हुनुहुन्छ ?

एक वर्षभित्र मन्त्रालयसँग सम्बन्धित सबै कानूनहरु समयानुकल बनाउँछौंः सञ्चारमन्त्री



अ+ अ-

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले मन्त्रालयसँग सम्बन्धित सबै ऐन र कानूनहरु एक वर्षभित्र संशोधन गरिसक्ने घोषणा गर्नुभएको छ ।

आईतवार काठमाडौंमा ‘एक स्थानीय तह, एक हुलाक’ घोषणा कार्यक्रममा बोल्दै मन्त्री गुरुङले यस्तो बताउनुभएको हो । उहाँले पुराना ऐन र कानूनकै कारणले सञ्चार मन्त्रालयले परिणाम देखिने गरि काम गर्न नसकेको बताउनु भयो । उहाँले हुलाक सेवाको सुधारको लागि नयाँ ऐन र नीति नबनाइकन नहुने उल्लेख गर्दै सरकारले हुलाक नीति ल्याउने गरी काम गरिरहेको बताउनु भयो । पुराना ऐन र कानूहरुको आफूअनुकुल नियमावली ल्याउँदै प्रयोग गरेको कारणले विभिन्न समयमा दुर्घटना हुने गरेको उहाँले बताउनु भयो । सूचना र प्रविधिको क्षेत्रमा विश्वले ठूलो फड्को मारिसक्दा पनि हामी र ऐन र कानूनमा अल्झिदा मुलुकको समृद्धि र सुशासन कायम गर्न नसकिएको उहाँको भनाइ छ ।

उहाँले भन्नुभयो, ‘नेपालमा लोकतन्त्र आयो । गणतन्त्र आयो । संघीय गणतन्त्रात्मक व्यवस्था आयो । यो भन्दा सुदृढ व्यवस्था अहिलेसम्म संसारमा केही छैन । सबैभन्दा उन्नत खालको गणतन्त्र भनेको संघीय लोकतान्त्रिक गणतन्त्र हो । हाम्रो जस्तो मुलुकको लागि । त्यसकारण हामी यो वर्षभित्र पुराना ऐन, नीति र नियमहरुलाई परिवर्तन गरेर हाम्रो संविधान र हाम्रो व्यवस्थाले जे कुरा भनेको छ त्यो जनता र राष्ट्रको सेवा तथा उन्नति, समृद्धि र सुशासनको लागि काम गर्नुपर्छ । हामीले किन काम गर्न नसेको भन्दाखेरि यस्तै पुराना पुराना ऐन र कानूनले गर्दा हो । अब पुराना पुराना खुकुरीले लडाई लड्न सकिन्छ रु ड्रोनको लडाई शुरु भइसक्यो । सूचना र प्रविधिमा संसार कहाँ पुगिसक्यो हामी चाहीँ पुरानै खुकुरीले लडाई जित्न सक्छौं भनेर बसेका छौं । पहिलेको बहादुरी सम्झेर अब चाहीँ विकास हुन्न । हामी ठिक उल्टो गरिरहेका छौं । पहिले संरचना बनाउने अनि नीति बनाउने काम भयो । राम्रो काम त हो तर उल्टो भएको छ । यसले हामी फरि समस्यामा पर्छौं । हुलाक नीतिको ड्राफ्ट बनाउन मन्त्रालयमा भनिसेको छु । नयाँ नीति र नयाँ ऐन नबनाइकन भएन । यसलाई संशोधन गर्नुपर्यो । हामीले नीति र ऐन नबनाउने र आफू अनुकुल नियमावली बनाउँदै आएको गर्दा विभिन्न दुर्घटनाहरु भइरहेका हुन्छन् । अनि जनताले प्रश्न उठाइरहेका हुन्छन् सुशासन कहाँ छ, भ्रष्टाचार बढेको बढ्यै छ रु काम गर्ने क्षमता नबढ्नुको कारण त्यही हो ।’

उहाँले सबै स्थानीय तहहरुमा हुलाक सेवा पुग्नु आफैंमा ठूलो उपलब्धी भएको उल्लेख गर्दै प्रभावकारी ढंगले काम गर्न मातहतका निकायहरुलाई निर्देशन दिनुभयो । उहाँले अबको पाँच वर्षभित्र सबै हुलाक कार्यालयहरुको भौतिक संरचना बनाउने गरी काम गर्ने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो । उहाँले हुलाक कार्यालहरुले राजश्व वृद्धिमा ध्यान दिन उहाँको आग्रह छ ।