१५ श्रावण २०८३, शुक्रबार
,
Latest
मधेसको अशान्ति न्युनिकरणका लागि प्रधानमन्त्रीसँग सीके राउतको प्रश्तावः ‘ र्‍याट्स’ टिम र अन्तरधार्मिक काउन्सिल गठनको… ‘मधेसलाई रणभूमि बनाउने प्रयास गरियो’–अध्यक्ष अन्सारी साम्प्रदायिक दंगा नियन्त्रण गरी सामाजिक सद्भाव कायम गर्न सरकारसँग महतोको माग गृहमन्त्री गुरुङको निर्देशनपछि मधेस र कोशीमा ड्रोनबाट सुरक्षा निगरानी तरलता व्यवस्थापनका निम्ति २५ अर्ब निक्षेप सङ्कलन गर्दै केन्द्रीय बैंक प्रधानमन्त्री वालेन्द्र शाहले मधेशका विभिन्न दलका नेतासँग छलफल गर्दै देवानगञ्ज घटनाका पीडितलाई दुई लाख प्रदान गर्ने प्रदेश सरकारको निर्णय धनुषाको जनकपुरधामसहितका क्षेत्रमा जारी निषेधाज्ञा दोस्रो दिन पनि यथावत मन्त्री चौधरीद्वारा व्यावसायिक प्राङ्गारिक मल उत्पादकहरूको विवरण संकलन सुरु सामाजिक सद्भाव कायम राख्न रवि लामिछानेद्वारा धार्मिक अगुवासँग छलफल
तपाईं के खोज्दै हुनुहुन्छ ?

एक वर्षभित्र मन्त्रालयसँग सम्बन्धित सबै कानूनहरु समयानुकल बनाउँछौंः सञ्चारमन्त्री



अ+ अ-

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले मन्त्रालयसँग सम्बन्धित सबै ऐन र कानूनहरु एक वर्षभित्र संशोधन गरिसक्ने घोषणा गर्नुभएको छ ।

आईतवार काठमाडौंमा ‘एक स्थानीय तह, एक हुलाक’ घोषणा कार्यक्रममा बोल्दै मन्त्री गुरुङले यस्तो बताउनुभएको हो । उहाँले पुराना ऐन र कानूनकै कारणले सञ्चार मन्त्रालयले परिणाम देखिने गरि काम गर्न नसकेको बताउनु भयो । उहाँले हुलाक सेवाको सुधारको लागि नयाँ ऐन र नीति नबनाइकन नहुने उल्लेख गर्दै सरकारले हुलाक नीति ल्याउने गरी काम गरिरहेको बताउनु भयो । पुराना ऐन र कानूहरुको आफूअनुकुल नियमावली ल्याउँदै प्रयोग गरेको कारणले विभिन्न समयमा दुर्घटना हुने गरेको उहाँले बताउनु भयो । सूचना र प्रविधिको क्षेत्रमा विश्वले ठूलो फड्को मारिसक्दा पनि हामी र ऐन र कानूनमा अल्झिदा मुलुकको समृद्धि र सुशासन कायम गर्न नसकिएको उहाँको भनाइ छ ।

उहाँले भन्नुभयो, ‘नेपालमा लोकतन्त्र आयो । गणतन्त्र आयो । संघीय गणतन्त्रात्मक व्यवस्था आयो । यो भन्दा सुदृढ व्यवस्था अहिलेसम्म संसारमा केही छैन । सबैभन्दा उन्नत खालको गणतन्त्र भनेको संघीय लोकतान्त्रिक गणतन्त्र हो । हाम्रो जस्तो मुलुकको लागि । त्यसकारण हामी यो वर्षभित्र पुराना ऐन, नीति र नियमहरुलाई परिवर्तन गरेर हाम्रो संविधान र हाम्रो व्यवस्थाले जे कुरा भनेको छ त्यो जनता र राष्ट्रको सेवा तथा उन्नति, समृद्धि र सुशासनको लागि काम गर्नुपर्छ । हामीले किन काम गर्न नसेको भन्दाखेरि यस्तै पुराना पुराना ऐन र कानूनले गर्दा हो । अब पुराना पुराना खुकुरीले लडाई लड्न सकिन्छ रु ड्रोनको लडाई शुरु भइसक्यो । सूचना र प्रविधिमा संसार कहाँ पुगिसक्यो हामी चाहीँ पुरानै खुकुरीले लडाई जित्न सक्छौं भनेर बसेका छौं । पहिलेको बहादुरी सम्झेर अब चाहीँ विकास हुन्न । हामी ठिक उल्टो गरिरहेका छौं । पहिले संरचना बनाउने अनि नीति बनाउने काम भयो । राम्रो काम त हो तर उल्टो भएको छ । यसले हामी फरि समस्यामा पर्छौं । हुलाक नीतिको ड्राफ्ट बनाउन मन्त्रालयमा भनिसेको छु । नयाँ नीति र नयाँ ऐन नबनाइकन भएन । यसलाई संशोधन गर्नुपर्यो । हामीले नीति र ऐन नबनाउने र आफू अनुकुल नियमावली बनाउँदै आएको गर्दा विभिन्न दुर्घटनाहरु भइरहेका हुन्छन् । अनि जनताले प्रश्न उठाइरहेका हुन्छन् सुशासन कहाँ छ, भ्रष्टाचार बढेको बढ्यै छ रु काम गर्ने क्षमता नबढ्नुको कारण त्यही हो ।’

उहाँले सबै स्थानीय तहहरुमा हुलाक सेवा पुग्नु आफैंमा ठूलो उपलब्धी भएको उल्लेख गर्दै प्रभावकारी ढंगले काम गर्न मातहतका निकायहरुलाई निर्देशन दिनुभयो । उहाँले अबको पाँच वर्षभित्र सबै हुलाक कार्यालयहरुको भौतिक संरचना बनाउने गरी काम गर्ने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो । उहाँले हुलाक कार्यालहरुले राजश्व वृद्धिमा ध्यान दिन उहाँको आग्रह छ ।