३ भाद्र २०८३, बुधबार
,
Latest
एक वर्षमा चौध करोडको जडीबुटी निर्यात चालु आर्थिक वर्षका काम र उपलब्धिका लागि मन्त्रीसँग प्रधानमन्त्रीको सम्झौता अनलाइन बेटिङ तथा क्रिप्टो कारोबारमा संलग्नमाथिको कारबाही तीव्र बलिदानीपूर्ण इतिहास सम्झिएर काम गर्न एमाले नेता थापाको आग्रह ‘चिट्ठामा रमाउने सरकार’ भनेपछि रास्वपा सांसद तामाङको नियमापत्ति नेप्से परिसूचक झिनो अङ्कले घट्यो बारामा ३ वर्षीया बालिकाको बलात्कारपछि हत्यामा संलग्नलाई कारबाही गर्न सांसदहरुको माग बालबालिकामा बढ्दो मोबाइल लत नियन्त्रण गर्न अभिभावक लक्षित सचेतना कार्यक्रम चलाउन माग विदेशमा रहेका नेपालीलाई स्थानीय तह निर्वाचनमा मतदानको व्यवस्था गर्न रास्वपाको माग राष्ट्रियसभाको अर्काे बैठक भदौ ५ गते
तपाईं के खोज्दै हुनुहुन्छ ?

आर्सनल वेस्ट ह्यामलाई हरायो, म्यानचेस्टरमाथी क्रिस्टल प्यालेसको जित



अ+ अ-

लन्डन । मिखेल आर्टेटाको आर्सनलले शनिबार राति वेस्ट ह्यामलाई २–१ ले हराएर इंग्लिस प्रिमियर लिगमा लगातार सुरुवाति दुई खेल जितेको छ । आर्सनलका लागि एडी केटिहले खेलको अन्त्यतिर निर्णायक गोल गरे ।

यसपल्ट आर्सनलसँगै एभरटन र क्रिस्टल प्यालेसले सुरुवाति दुई खेल जितेका छन् । आर्सनलले एलेक्जान्डर लेकाजेटको गोलले अग्रता लिएयता वेस्ट ह्यामका लागि मिखाइल एन्टोनियोले बराबरी गोल फर्काएका थिए ।

यसअघि म्यानचेस्टर युनाइटेड भने सिजनको आफ्नो पहिलो खेलमा प्यालेससँग घरमा ३–१ ले पराजित रह्यो । विलफ्रेड जाहाले दुई गोल गरेपछि प्यालेस यो जित निकाल्न सफल भएको हो । यस्तै अर्को खेलमा लिड्स युनाइटेडले फुलहमलाई ४–३ ले पन्छायो ।