११ भाद्र २०८३, बिहीबार
,
Latest
विपद् प्रभावित क्षेत्रमा पशुपन्छी उद्धारका लागि प्राविधिक टोली परिचालन भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या २७० पुग्यो रसुवा बाढीपीडितको उद्धार र सहयोगका लागि साउदीसँग मन्त्री यादवको अपिल संयुक्त अरब इमिरेट्सद्वारा बाढीपहिरोप्रति व्यक्त पोखरा महानगरद्वारा बाढी प्रभावितका लागि ४५ लाख सहयोग बाढी प्रभावित नुवाकोटको विदुर पुगे प्रधानमन्त्री शाह, क्षतिको स्थलगत निरीक्षण बट्टार र त्रिशूली बजारमा पनि विद्युत् सेवा पुनःसुचारु प्रभावित क्षेत्रमा पुनर्निर्माणको महाअभियान चलाउँछौँः अर्थमन्त्री वाग्ले भोटेकोशी बाढी : जलविद्युत आयोजनाका २०० भन्दा बढी सम्पर्कविहीन, उद्धारको पर्खाइमा बाढी प्रभावित क्षेत्रमा मुख्यमन्त्री थापा आफैँ खटिए, उद्धारदेखि पुनःस्थापनासम्म सरकारको साथ रहने प्रतिबद्धता
तपाईं के खोज्दै हुनुहुन्छ ?

अहिलेको सरकार अप्राकृतिक भनि भ्रम फिँजाउने काम भइरहेको छ: महासचिव पोखरेल



अ+ अ-

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले अहिलेको सरकार अप्राकृतिक भनि भ्रम फिँजाउने काम भइरहेको बताउनुभएको छ ।

राष्ट्रिय युवा संघ नेपालले आयोजना गरेको राष्ट्रिय भेलालाई शनिबार सम्बोधन गर्दै पोखरेलले लोकतन्त्रमा जनताले पत्याएका दलले शासन गर्नु पर्ने र ती दलले शासन गर्ने कुरा प्राकृतिक भएको प्रष्ट पार्नुभयो । जनताले अस्वीकार गरेका दलहरू शीर्ष स्थानमा रहने कुरा अप्राकृतिक भएको उहाँले बताउनुभयो ।

कांग्रेस एमाले सधैँ भरिका लागि नमिलेका पनि उहाँले स्पष्ट पार्नुभयो । जनताको बिचमा जाने बेलामा नेकपा एमाले र नेपाली कांग्रेस कसैको बैसाखी नटेकी निर्वाचनमा जाने उहाँले बताउनुभयो ।

देश बनाउनको लागि धेरै राजनीतिक दल होइन ठुला र बलिया राजनीतिक दल आवश्यक रहेको उहाँले बताउनुभयो । ठुला र बलिया दलले मात्र मुलुकमा विकास र समृद्धिको काम गर्न सक्ने पोखरेलले स्पष्ट पार्नुभयो ।

एमाले पार्टीको नीति एमालेको मात्र नीति बनेर देश अघि नबढ्ने उहाँले बताउनुभयो । एमालेको नीति मुलुकको नीति बन्नु पर्ने पोखरेलले स्पष्ट पार्नुभयो । त्यसका लागि एमालेको नीति मिसन २०८४ र एमालेको एकल बहुमतको सरका भएको पोखरेलले बताउनुभयो ।

नयाँ पुस्तालाई राजनीतिसँग जोड्न नसक्ने राजनीतिक दलले देशको लागि काम गर्न नसक्ने उहाँले बताउनुभयो । नेकपा एमाले युवामा भरोसा गर्ने र युवालाई अवसर दिने पार्टी भएको पोखरेलले स्पष्ट पार्नुभयो । ‘अबको युग युवाको युग हो, युवाको साथमा नेकपा एमाले छ’, उहाँले भन्नुभयो ।

देशलाई बलिया राजनीतिक दल, स्पष्ट राजनीतिक दृष्टिकोण र दूरदर्शी नेतृत्व आवश्यक रहेको पोखरेलले बताउनुभयो । त्यो क्षमता नेकपा एमाले र एमाले अध्यक्ष केपी शर्मा ओलीसँग मात्र रहेको उहाँले स्पष्ट पार्नुभयो । ‘हामी केपी ओलीको नेतृत्वमा नेपाललाई समृद्ध नेपाल, सुखी नेपालीको आकाङ्क्षा पुरा गर्ने अभियान चलाउन चाहन्छौँ’, उहाँले भन्नुभयो ।

आज राष्ट्र निर्माण गर्ने व्यक्ति केपी ओली माथि चौतर्फी हमला भइरहेको उहाँले बताउनुभयो । त्यो सङ्कट समाधानका लागि राष्ट्रिय युवा संघ नेपाललाई अग्र मोर्चामा उभिन उहाँले आग्रह गर्नुभयो । देशको सार्वभौम स्वाधीनता रक्षाका लागि नेपाली युवा जाग्नु पर्नेमा पोखरेलले जोड दिनुभयो ।

एमाले र केपी ओली माथि नराम्रो काम गरेको कारण हमला नभएको उहाँले बताउनुभयो । नेपाललाई असफल गराउन चाहनेहरूले एमाले र केपी ओली माथि हमला गरिरहेको पोखरेलले बताउनुभयो ।

उहाँले जहाँ सङ्कट हुन्छ, त्यहाँ समाधान हुने बताउनुभयो । त्यसैले केही गर्छु भन्ने युवालाई देशमा नै सम्भावना भएको उहाँले बताउनुभयो । नेपाल हामी आफैँ बनाउने भावनाका साथ युवा जाग्नु पर्ने र लाग्नु पर्नेमा उहाँले जोड दिनुभयो ।

समाजलाई अघि बढाउन समाजमा आशा जगाउनु पर्ने बताउँदै उहाँले एमाले अध्यक्ष केपी शर्मा ओली आशाको संवाहक भएको बताउनुभयो । एमाले अध्यक्ष केपी ओलीले देखेका सपना आज व्यवहारमा बदलिँदै गएका पोखरेलले स्पष्ट पार्नुभयो ।