८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar विपद्मा बेपत्ता व्यक्तिको न्यायिक घोषणासहितका व्यवस्था गर्न विधेयक तयार News Polar राष्ट्रिय सभामा लोक सेवा आयोगको वार्षिक प्रतिवेदन पेश News Polar कांग्रेसको १५औँ महाधिवेशनको लोगोमा बीपीदेखि देउवासम्मका तस्बिर, यस्तो छ नारा News Polar भोटेकोशी बाढी प्रभावित क्षेत्रमा स्वास्थ्य सेवा चुस्तः ८ हजारभन्दा बढीले पाए उपचार News Polar पेट्रोलियममा परनिर्भरता घटाउन दीर्घकालीन पूर्वाधार निर्माणलाई प्राथमिकता : मन्त्री साह News Polar पेट्रोलियम आपूर्ति सुधार्न ‘फिसबोन डायग्राम’ र ‘क्रिटिकल पाथ मेथड’ प्रयोग गर्दैछौँ : मन्त्री साह News Polar टिमुरे बाढीमा ३३८ ट्रक–कन्टेनर बेपत्ता, ४४१ चालक–सहचालक र व्यवसायी सम्पर्कविहीन News Polar अत्यधिक वर्षाको सम्भावनापछि ट्रक व्यवसायीलाई सतर्क रहन महासंघको आग्रह News Polar भारी वर्षाको जोखिमपछि नारायणगढ–मुग्लिन सडकमा राति सवारी आवागमन बन्द News Polar ईश्वर पोखरेलसहित सात नेता एमालेको स्थायी कमिटीमा News Polar एमालेले विद्या भण्डारीलाई सम्मानित वरिष्ठ नेता बनाउने प्रस्ताव News Polar ओलीको राजनीतिक प्रतिवेदन तल्लो तहसम्म संप्रेषण गर्ने एमालेको निर्णय News Polar नामियाद्वारा भोटेकोशी बाढीपीडितका दोस्रो चरणको सहयोग कोषको खातामा News Polar केयूका संस्थापक उपकुलपति शर्माको राजकीय सम्मानका साथ अन्त्येष्टि News Polar ताप्लेजुङको दोभान बजारमा विद्युत् सर्ट हुँदा ७ घर जलेर नष्ट News Polar नेपाली र रुसी पत्रकारबीच सहकार्यका लागि समझदारीपत्रमा हस्ताक्षर News Polar इन्द्रजात्राको सम्पूर्ण गतिविधि गल्ली म्यापबाट लिन सकिने News Polar प्याब्सनद्वारा भोटेकोशी–त्रिशूली बाढीपीडितका लागि २० करोड ८९ लाख राहत सहयोग News Polar भारी वर्षाको जोखिमपछि पृथ्वी राजमार्गमा राति ९ घण्टा सवारी आवागमन बन्द News Polar भाषाविद् डा बन्धु सम्मानित

अखिल क्रान्तिकारीको चुनाव आज, ३३ पदाधिकारीका लागि १ सय ५५ जनाको दाबेदारी

अखिल क्रान्तिकारीको चुनाव आज, ३३ पदाधिकारीका लागि १ सय ५५ जनाको दाबेदारी
फाइल फाेटाे
अ+ अ-

काठमाडौं । नेकपा माओवादी केन्द्रको विद्यार्थी संगठन अखिल क्रान्तिकारीको नेतृत्व चयनका लागि आज मतदान हुँदैछ । सातै प्रदेशमा हुने निर्वाचनका लागि नेताहरुले आफू निकट विद्यार्थी नेतालाई अघि सारेका छन् । ३३ जना पदाधिकारीका लागि मात्रै १ सय ५५ जनाको उम्मेदवारी छ ।

सातै प्रदेशका निर्वाचन केन्द्रमा मतदान हुनेछ । अखिल क्रान्तिकारीले गत पुस १४ मा मतदान गराएर ३२ वर्षे उमेर हद लगाउनुपर्ने निर्णय गरेको थियो । त्यहीअनुसार केन्द्रीय समितिमा ३२ वर्ष उमेरमुनिका विद्यार्थीबीच प्रतिस्पर्धा हुँदै छ ।

अध्यक्षमा पाँच जनाले उम्मेदवारी दिएका छन् । अध्यक्ष पुष्पकमल दाहाल पक्षधरले विजय सापकोटालाई उम्मेदवार बनाएका छन् भने वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठनिकट उपदेशकुमार यादव र उपाध्यक्ष कृष्णबहादुर महरानिकट योगेन्द्रबहादुर बुढाले पनि उम्मेदवारी दिएका छन् । उपमहासचिव जनार्दन शर्मा पक्षले हेमन्त राईलाई अध्यक्षको उम्मेदवार बनाएको छ । अध्यक्षका अर्का उम्मेदवार सुदीन पौडेल उपमहासचिव वर्षमान पुननिकट हुन् ।

संस्थापन पक्षले सर्वसम्मत नेतृत्व चयन गर्ने प्रयास गरे पनि सहमति जुट्न नसकेपछि अध्यक्षमा धेरै जनाको उम्मेदवारी परेको हो ।

अखिल क्रान्तिकारीको विधानअनुसार १ अध्यक्ष, खुला ४, समावेशी ५ गरी ९ उपाध्यक्ष, एक महासचिव, ९ उपमहासचिव, १२ सचिव र १ कोषाध्यक्ष निर्वाचित हुनेछन् । उपाध्यक्षमा अटल आचार्य, खेमबहादुर सिंह, जीवन खड्का, टंकप्रसाद उपाध्याय, तुलसीराम न्यौपाने, देउमा जैसी, देवकी कार्की, देवेन्द्रराज शर्मा, विराज थापा, भीष्मराज चौलागाईं, मदन ढकाल, मुना काप्री, योगेश भट्टराई, रमेश आचार्य, राजीवरमण न्यौपाने, रोशन खड्का, लालबहादुर पाण्डे, विनोद कोइराला, समीप खरेल र समीर बुढाथोकीले उम्मेदवार छन् ।

संस्थापन पक्षका रोशन खड्काले अनलाइनमार्फत महासचिवमा उम्मेदवार दिएका थिए । तर निर्वाचन समितिले उम्मेदवारको अन्तिम नामावली प्रकाशित गर्दा खड्काको नाम उपाध्यक्षमा राखेको छ । यसबारे निर्वाचन समितिका प्रमुख वरिष्ठ अधिवक्ता मुक्ति प्रधानसमक्ष उजुरी परेको छ । महासचिव जनार्दन शर्मा पक्षका उम्मेदवारहरुले यसमा आपत्ति जनाएका छन् । उजुरी दिनेहरुमा महासचिवका उम्मेदवार रोशन थापा मगर, उपाध्यक्षहरु ममता अधिकारी, देवेन्द्र शर्मा, भीष्मराज चौलागाईं र कृष्ण सुनार छन् ।

संस्थापन पक्षबाटै महासचिवमा तिर्सना हमाल, शिव बस्नेत र श्याम रोकाले उम्मेदवारी दिएका छन् । शर्मा पक्षले भने रोशन थापा मगरलाई महासचिवको उम्मेदवार बनाएको छ । सञ्जयकुमार महतो, सञ्जीव फुँयाल, प्रतीक कार्की, पदमबहादुर काफ्ले पनि महासचिवको उम्मेदवार बनेका छन् । अखिल क्रान्तिकारीको २ सय ४३ सदस्यीय केन्द्रीय समितिका लागि ५ सय जनाको उम्मेदवारी परेको छ । सबैले अनलाइन माध्यमबाट उम्मेदवारी दिएका हुन् ।