२० मंसिर २०८२, शनिबार
,
Latest
इजरायलको ‘पूर्ण फिर्ता’ बिना गाजा युद्धविराम अधुरो हुने कतारका प्रधानमन्त्रीको भनाइ एनपिएलः रोसिङटनको अर्धशतकमा पोखरा आठ विकेटले विजयी अविश्वास बढेको छ, सुरक्षाका लागि सरकार जिम्मेवार हुनुपर्छः सभामुख घिमिरे अध्यक्ष ओलीबाट महाधिवेशन विशेष ई–बुलेटिन शुभारम्भ पार्टीको १५औँ महाधिवेशन र निर्वाचनको तयारी सँगसँगैः महामन्त्री थापा धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना मुलुकमा अब धुमधामका साथ समाजवाद आउँछः माधव नेपाल अन्य प्रदेशहरुमा पनि एमाले बाहेकको समीकरण बन्छः दाहाल प्रधानमन्त्रीले मलाई पक्राउ गर्न दबाब दिइरहनुभएको छः ओली आगो लगाएकै भरमा सरकार बन्छ र चल्छ भन्ने नसोच्न ओलीको चेतावनी
तपाईं के खोज्दै हुनुहुन्छ ?

शाहरुख खानदेखि इरफान खानसम्म : टिभि अभिनेताहरू जसले बलिउडमा आफूलाई अब्बल बनाए



अ+ अ-

शाहरुख खानदेखि आयुष्मान खुराना र स्वर्गीय सुशान्त सिंह राजपूतसम्म धेरै बलिउड सेलिब्रेटीले आफ्नो करियर सानो पर्दाबाट सुरु गरेका हुन् । यहाँ केही बलिउड स्टार र तिनीहरूको डेब्यू अभिनयबारे केही चर्चा गरिएको छ । 

१. शाहरुख खान : शाहरुख खानले सामान्य सुरुआत गरेका थिए र ९० को दशकका उनका पुराना टिभी कार्यक्रमहरूका भिडियोहरू इन्टरनेटमा समय–समयमा प्रसारित भइरहन्छन्। शाहरुख खानले सन् १९८९ मा फौजी र सर्कस जस्ता सिरियलबाट आफ्नो अभिनय करियर सुरु गरेका थिए । उनले दूरदर्शनका केही कार्यक्रममा एङ्करिङ पनि गरेका थिए ।

२. सुशान्त सिंह राजपुत : दिवङ्गत अभिनेता सुशान्त सिंह राजपुत त्यतिबेला आफ्नी प्रेमिका अङ्किता लोखण्डेसँग लोकप्रिय टिभी शो पवित्र रिश्ताको हेडलाइनका लागि परिचित थिए। पछि सुशान्त फिल्मको संसारमा गए र केदारनाथ, छिछोरे, र एमएस धोनी : द अनटोल्ड स्टोरी जस्ता विभिन्न हिट फिल्महरू दिए। सन् २०२० जुनमा सुशान्तको आकस्मिक मृत्युले सम्पूर्ण उद्योगलाई स्तब्ध पारेको थियो।

३. आदित्य रोय कपुर : मलंग, ये जवानी है दिवानी, आशिकी २, सडक २ लगायतका फिल्म गरेका आदित्य रोय कपुरले भिजेका रूपमा आफ्नो करियर सुरु गरेका थिए। उनले १९ वर्षको हुँदा च्यानल वी मा एउटा कार्यक्रम एङ्कर गरे।

४. विद्या बालन : परिणीताभन्दा धेरै अगाडि विद्या बालनले एकता कपूरको शो हम पाँचमा मुख्य भूमिका निभाएकी थिइन् । ९० को दशकको यो शो एकदमै हिट भयो र विद्याले जीवनमा यात्रा गरिरहेकी किशोरी राधिकाको भूमिकामा अभिनय गरेकी थिइन्। विद्या बालनको नाममा अहिलेसम्म धेरै हिट फिल्म छन् ।

५. मौनी रोय : मौनी रोयले आफ्नो करियर एकता कपुरको क्युँ कि  सास भी कभी बहू थी बाट सुरु गरेकी थिइन् । उनले अनस्क्रिनमा स्मृति इरानीको पात्र तुलसी विरानीकी छोरीको भूमिका निभाएकी थिइन् । मौनी त्यतिबेला देवो के देव महादेव र नागिन जस्ता शोमा पनि देखिइन् । अहिले उनी करण जोहरको फिल्म ‘ब्रह्मास्त्र’ को रिलिजको पर्खाइमा छिन् ।

६. इरफान खान : स्वर्गीय अभिनेता इरफान खानले टेलिभिजनबाट आफ्नो अभिनय करियर सुरु गरेका थिए । उनी भारत एक खोज, चाणक्य, सारा जहाँ हमारा, बनेगी अपनी बात, चन्द्रकान्त लगायतका कार्यक्रममा देखा परेका थिए । पछि उनले बलिउडमा मात्र नभई हलिउडमा पनि आफ्नो लागि ठाउँ बनाएका थिए।

७. आयुष्मान खुराना : आयुष्मान खुरानाले सन् २००४ मा एमटिभी रोडिज जितेका थिए र त्यसपछि विभिन्न टिभी शोहमा एङ्कर बन्न पुगे। उनले विक्की डोनरबाट बलिउडमा ठूलो ब्रेक पाएका थिए । उनको पछिल्लो रिलिज चण्डीगढ करे आशिकीलाई फ्यान र समीक्षकहरूले राम्रोसँग स्वागत गरेका थिए।

८. यामी गौतम : यामी गौतम विक्की डोनरबाट बलिउडमा डेब्यु गर्नुअघि भारतीय टेलिभिजनको चर्चित अनुहार थिइन् । यी अभिनेत्री धेरै विज्ञापन र शो ये प्यार ना होगा कम मा देखिइन् ।