९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar रोशी खोलाको अस्थायी डाइभर्सन बाढीले बगाएपछि बीपी राजमार्ग अवरुद्ध News Polar सुनचाँदीको मूल्य घट्यो News Polar काठमाडौं उपत्यकासहित देशभर अविरल वर्षाः तटीय क्षेत्रमा उच्च शतर्कता (तस्बिरसहित) News Polar मनसुनजन्य विपद्: अझै तर्सिरहन्छ टीकाभैरव News Polar नारायणगढ–मुग्लिन र पृथ्वी राजमार्ग पूर्ण अवरुद्ध News Polar विश्व फार्मासिस्ट दिवस : स्वस्थ भविष्यका लागि फार्मासिस्टलाई सशक्त बनाउन जोड News Polar उच्च सतर्कता अपनाउन मुख्यमन्त्री थापाको अपिल News Polar कुलेखानी ड्याममा पानी बढे साइरन बजाएर पूर्वसूचना दिइने News Polar वर्षाका कारण फोहर व्यवस्थापन प्रभावित हुन सक्ने, घरमै राख्न महानगरको आग्रह News Polar कृष्णभीरमा वैकल्पिक सडकमाथि थपियो जोखिमः त्रिशूलीको कटानले नयाँ ट्रयाक पनि संकटमा News Polar विपद् प्रतिकार्यका लागि उच्च सतर्कता अपनाउन लुम्बिनी प्रदेश सरकारकाे आग्रह News Polar काठमाडौँ तथा भरतपुर जाने खण्डमा पहिरोः यातायात प्रभावित News Polar भोटेकोशी बाढी विश्वकै लागि पनि चेतावनी होः प्रधानमन्त्री News Polar बेनी–जोमसोम–कोरला सडकमा राति गाडी चलाउन नपाइने News Polar मकवानपुरको सिमातखोलाले बगाउँदा स्याङ्तानको मृत्यु News Polar महिला कबड्डीमा नेपाललाई कम्तीमा कांस्य पदक पक्का News Polar बालेनको राष्ट्रसंघ सम्बोधनको अन्तरवस्तु र प्रस्तुती सही छ : बाबुराम भट्टराई News Polar ‘राष्ट्रसंघमा जलवायु न्यायको मुद्दा उठाउनु सकारात्मक, अब देशभित्र गृहकार्य आवश्यक’ News Polar बालेनको राष्ट्रसंघ सम्बोधनबारे बाँस्कोटा : ‘देशको भावना बोले’ News Polar यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधन जलवायु न्यायको सशक्त आवाज, तर कार्यान्वयनमा चुनौतीः विज्ञ मञ्जित ढकाल

लोकतान्त्रिक गणतन्त्रले जनतालाई जनार्दन बनाएको छ : सभापति देउवा

लोकतान्त्रिक गणतन्त्रले जनतालाई जनार्दन बनाएको छ : सभापति देउवा
अ अ+ अ-

काठमाडौँ : नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले लोकतान्त्रिक गणतन्त्रले जनतालाई वास्तविक अर्थमा जनार्दन बनाएको बताउनुभएको छ ।

जिल्ला समन्वय समिति महासङ्घको ३०औँ स्थापना दिवसका अवसरमा आज चन्द्रागिरि हिल्समा आयोजित कार्यक्रममा उहाँले संविधानको प्रभावकारी कार्यान्वयनका लागि यसको वस्तुगत समीक्षा र परिमार्जनका लागि छलफल अघि बढाउन प्रतिबद्ध रहेको उल्लेख गर्नुभयो । “तपाईँहरूबाट प्राप्त हुने सकारात्मक सुझावलाई हामी अवश्य ग्रहण गर्नेछौँ”, सभापति देउवाले भन्नुभयो ।

नयाँ संविधान जारी भएसँगै सङ्घ, प्रदेश र स्थानीय तहको दुईपटक चुनाव सम्पन्न भइसकेको बताउँदै उहाँले दोस्रोपटक तीनै तहको निर्वाचन सम्पन्न भएर सङ्घीय लोकतान्त्रिक गणतन्त्र संस्थागत हुँदै गएको उल्लेख गर्नुभयो ।

“सबै स्थानीय तहमा जनतालाई दिने सेवा सुविधालाई प्रभावकारी र चुस्त बनाउँदै हामी तीव्र आर्थिक र सामाजिक विकाससहितको समृद्धितर्फ अघि बढिरहेका छौँ”, सभापति देउवाले भन्नुभयो, “जनतासँग प्रत्यक्ष जोडिएर सङ्घीय गणतन्त्रको सही अभ्यास गर्ने थलो स्थानीय तह हो । हाम्रो संविधानले स्थानीय तहलाई लोकतन्त्रको प्राणका रूपमा व्याख्या गरेको छ । यस्तो महत्त्वपूर्ण निकायको समन्वय र अनुगमन कायम गर्न हरेक जिल्लाका जिल्ला समन्वय समितिहरूको महत्त्वपूर्ण भूमिका हुन्छ ।”

तीन तहका सरकारका कार्यालयहरूबीच समन्वय गर्न जिल्ला समन्वय समितिको भूमिका रहने बताउँदै उहाँले विकासका कार्यमा सुशासनसहित समावेशिता, सहभागिता, पारदर्शिता, क्षेत्रगत एवं पर्यावरणीय सन्तुलनजस्ता उपलब्धि हासिल गर्न समन्वय समितिको ध्यान जानुपर्ने आवश्यकता औँल्याउनुभयो ।

पालिकाहरूबीचको विवादमा समन्वयकारी भूमिका निर्वाह गरी समस्या समाधान गर्ने दायित्व पनि जिल्ला समन्वय समितिको भएको उहाँको भनाइ थियो । “कानुनी रूपले समन्वय नै मूल जिम्मेवारी भएका कारण पालिकाहरूबीच मात्र नभई प्रदेश र सङ्घबीच समन्वय गरी प्रभावकारी कार्यसम्पादन गराउने भूमिका तपाईँहरूको छ”, सभापति देउवाले भन्नुभयो, “आगामी दिनमा अनुगमन, मूल्याङ्कन र समन्वयलाई प्रभावकारी बनाउँदै सङ्घ, प्रदेश र स्थानीय तहका सेवा प्रवाहलाई चुस्त बनाउन तपाईँहरूको थप ध्यान पुग्ने छ भन्ने मैले अपेक्षा गरेको छु ।”

सभापति देउवाले बजेट, पूर्वाधार, कानुन तर्जुमालगायत समस्यामा आफू र आफ्नो पार्टीले सहयोगी भूमिका खेल्ने बताउँदै यसमा सरकार अविभावकीय भूमिकामा रहने उल्लेख गर्नुभयो ।

जिल्ला समन्वय समिति काठमाडौका प्रमुख सन्तोष बुढाथोकी , चन्द्रागिरी नगरपालीकाका प्रमुख धनश्याम गिरीले पनि कार्यक्रममा आफ्नो भनाई राख्नु भएको थियो ।

कार्यक्रममा नेपाल उद्योग बाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले जिल्ला समन्वय समिति महासङ्घको ३०औँ स्थापना दिवसका अबसरमा शुभकानमा दिदै महासंघसंग नीजि क्षेत्र सहकार्य गरेर अघि बढ्न तयार रहेको बताउनु भयो ।

हिल्सका पूर्व अध्यक्ष समेत रहनु भएका ढकालले कार्यक्रमकाप्रमुख अतिथी एबं नेपाली काग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री देउवालाई चन्द्रागिरीका बारेमा जानकारी गराउनु भएको थियो ।

उहाँले यस क्षेत्र नयाँ पर्यटकिय गन्तव्यको रुपमा बिकास भएको जानकारी गराउदै अनुकुल बाताबरण भए लगानीका लागि समस्या नहुने बताउनु भयो । उहाँले नेपालमा प्रशस्त प्राकृतिक स्रोत र विकासका काम गर्नुपर्ने भएकाले लगानी र आम्दानीको सम्भावना भएपनि नकारात्मक भाष्य निर्माण भएको जनाउनु भयो । रासस