२५ माघ २०८१, शुक्रबार
,
Latest
अर्जुन ट्रफी क्रिकेट : शनिबारदेखि सेमिफाइनलका खेल झापा घटनामा ५१ वटा युट्युब च्यानलमाथि काउन्सिलको निगरानी, १५ वटा च्यानल साइबर ब्युरोमा मीनबहादुर विश्वकर्माविरुद्ध धरान मेयर राईले हाले अख्तियारमा उजुरी जिप दुर्घटनामा परी एक जनाको घटनास्थलमै मृत्यु वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भनी ठगी गर्ने तीन जना पक्राउ पर्यटन प्रवर्द्धनका माध्यमबाट आर्थिक विकास गर्न सबै एकजुट हुनुपर्छः मन्त्री राणा शिक्षा राष्ट्र निर्माण र विकास मूल खम्बा हुनुपर्छः पूर्व राष्ट्रपति भण्डारी सामाजिक सञ्जाल मार्फत युवतीको चरित्रहत्या गर्ने व्यक्ति पक्राउ केपी ओली कपअन्तर्गत राजनीतिज्ञ र कलाकारबीचको मैत्रीपूर्ण खेलमा कलाकारको टोली विजयी खेलाडीलाई उत्प्रेरणात्मक कार्यक्रम
तपाईं के खोज्दै हुनुहुन्छ ?

लोकतान्त्रिक गणतन्त्रले जनतालाई जनार्दन बनाएको छ : सभापति देउवा



अ+ अ-

काठमाडौँ : नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले लोकतान्त्रिक गणतन्त्रले जनतालाई वास्तविक अर्थमा जनार्दन बनाएको बताउनुभएको छ ।

जिल्ला समन्वय समिति महासङ्घको ३०औँ स्थापना दिवसका अवसरमा आज चन्द्रागिरि हिल्समा आयोजित कार्यक्रममा उहाँले संविधानको प्रभावकारी कार्यान्वयनका लागि यसको वस्तुगत समीक्षा र परिमार्जनका लागि छलफल अघि बढाउन प्रतिबद्ध रहेको उल्लेख गर्नुभयो । “तपाईँहरूबाट प्राप्त हुने सकारात्मक सुझावलाई हामी अवश्य ग्रहण गर्नेछौँ”, सभापति देउवाले भन्नुभयो ।

नयाँ संविधान जारी भएसँगै सङ्घ, प्रदेश र स्थानीय तहको दुईपटक चुनाव सम्पन्न भइसकेको बताउँदै उहाँले दोस्रोपटक तीनै तहको निर्वाचन सम्पन्न भएर सङ्घीय लोकतान्त्रिक गणतन्त्र संस्थागत हुँदै गएको उल्लेख गर्नुभयो ।

“सबै स्थानीय तहमा जनतालाई दिने सेवा सुविधालाई प्रभावकारी र चुस्त बनाउँदै हामी तीव्र आर्थिक र सामाजिक विकाससहितको समृद्धितर्फ अघि बढिरहेका छौँ”, सभापति देउवाले भन्नुभयो, “जनतासँग प्रत्यक्ष जोडिएर सङ्घीय गणतन्त्रको सही अभ्यास गर्ने थलो स्थानीय तह हो । हाम्रो संविधानले स्थानीय तहलाई लोकतन्त्रको प्राणका रूपमा व्याख्या गरेको छ । यस्तो महत्त्वपूर्ण निकायको समन्वय र अनुगमन कायम गर्न हरेक जिल्लाका जिल्ला समन्वय समितिहरूको महत्त्वपूर्ण भूमिका हुन्छ ।”

तीन तहका सरकारका कार्यालयहरूबीच समन्वय गर्न जिल्ला समन्वय समितिको भूमिका रहने बताउँदै उहाँले विकासका कार्यमा सुशासनसहित समावेशिता, सहभागिता, पारदर्शिता, क्षेत्रगत एवं पर्यावरणीय सन्तुलनजस्ता उपलब्धि हासिल गर्न समन्वय समितिको ध्यान जानुपर्ने आवश्यकता औँल्याउनुभयो ।

पालिकाहरूबीचको विवादमा समन्वयकारी भूमिका निर्वाह गरी समस्या समाधान गर्ने दायित्व पनि जिल्ला समन्वय समितिको भएको उहाँको भनाइ थियो । “कानुनी रूपले समन्वय नै मूल जिम्मेवारी भएका कारण पालिकाहरूबीच मात्र नभई प्रदेश र सङ्घबीच समन्वय गरी प्रभावकारी कार्यसम्पादन गराउने भूमिका तपाईँहरूको छ”, सभापति देउवाले भन्नुभयो, “आगामी दिनमा अनुगमन, मूल्याङ्कन र समन्वयलाई प्रभावकारी बनाउँदै सङ्घ, प्रदेश र स्थानीय तहका सेवा प्रवाहलाई चुस्त बनाउन तपाईँहरूको थप ध्यान पुग्ने छ भन्ने मैले अपेक्षा गरेको छु ।”

सभापति देउवाले बजेट, पूर्वाधार, कानुन तर्जुमालगायत समस्यामा आफू र आफ्नो पार्टीले सहयोगी भूमिका खेल्ने बताउँदै यसमा सरकार अविभावकीय भूमिकामा रहने उल्लेख गर्नुभयो ।

जिल्ला समन्वय समिति काठमाडौका प्रमुख सन्तोष बुढाथोकी , चन्द्रागिरी नगरपालीकाका प्रमुख धनश्याम गिरीले पनि कार्यक्रममा आफ्नो भनाई राख्नु भएको थियो ।

कार्यक्रममा नेपाल उद्योग बाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले जिल्ला समन्वय समिति महासङ्घको ३०औँ स्थापना दिवसका अबसरमा शुभकानमा दिदै महासंघसंग नीजि क्षेत्र सहकार्य गरेर अघि बढ्न तयार रहेको बताउनु भयो ।

हिल्सका पूर्व अध्यक्ष समेत रहनु भएका ढकालले कार्यक्रमकाप्रमुख अतिथी एबं नेपाली काग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री देउवालाई चन्द्रागिरीका बारेमा जानकारी गराउनु भएको थियो ।

उहाँले यस क्षेत्र नयाँ पर्यटकिय गन्तव्यको रुपमा बिकास भएको जानकारी गराउदै अनुकुल बाताबरण भए लगानीका लागि समस्या नहुने बताउनु भयो । उहाँले नेपालमा प्रशस्त प्राकृतिक स्रोत र विकासका काम गर्नुपर्ने भएकाले लगानी र आम्दानीको सम्भावना भएपनि नकारात्मक भाष्य निर्माण भएको जनाउनु भयो । रासस