२० मंसिर २०८२, शनिबार
,
Latest
टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्याङ्जामा दुई हजार चार सय रोपनीमा आलुखेती



अ+ अ-

वालिङ, (स्याङ्जा) । यहाँका केही किसानले व्यावसायिक रुपमा आलुखेती थालेका छन् । गल्याङ, चापाकोट, भीरकोट, वालिङका किसानले व्यावसायिक रुपमा आलुखेती थालेका हुन् ।

यस वर्ष स्याङ्जामा दुई हजार चार सय रोपनीमा आलुखेती गरिएको कृषि ज्ञान केन्द्रका प्रमुख विनोद हमालले बताउनुभयो । गत वर्ष एक हजार आठ सय ५० रोपनीमा आलुखेती गरिएको थियो ।

“जिल्लामा आलुखेती हुने क्षेत्रफल वृद्धि भएको छ, क्षेत्रफल वृद्धि हुँदा उत्पादन पनि वृद्धि हुन्छ”, उहाँले भन्नुभयो, “यस वर्ष पनि उत्पादन वृद्धि हुने सङ्केत देखिएको छ ।” आलुखेती गर्ने किसानलाई स्थलगत प्राविधिक प्रशिक्षण, बीउ खरिदमा अनुदान, सिँचाइ, रोगकीरा व्यवस्थापन, गे्रडिङ, प्याकिङ, भण्डारण र बजारीकरणका लागि ज्ञान केन्द्रले सहयोग गर्दै आएको उहाँले बताउनुभयो ।

जिल्लामा कृषक समूह, सहकारी व्यावसायिक फार्ममार्फत व्यक्तिगत र सामूहिक रुपमा आलुखेती गरिएको छ । “विभिन्न जातका बीउ आलु उत्पादनमा स्याङ्जा आत्मनिर्भर रहेको छ, बीउ आलु जिल्लाबाट अन्यत्र पनि निर्यात हुने गरेको छ”, उहाँले भन्नुभयो, “खायन आलु जिल्लामा उत्पादन भएकाले नपुगेकाले अन्यत्रबाट आयात गर्नुपर्ने अवस्था रहेको छ, व्यावसायिक आलु उत्पादनतर्फ किसान आकर्षित हुनेक्रम बढ्दै गएकाले उत्पादन पनि वृद्धि हुँदै जाने छ ।”

किसानले बीउ आलु छनोट गर्नसक्ने, उत्पादन भएपछि त्यसको भण्डारण र बजारीकरणका विषयमा पनि बुझ्दै गएकाले अबका वर्षहरुबाट किसानले सीधै बजारीकरण गर्नसक्ने बन्नुहुनेछ । कुन हावापानी र भूगोलमा कुन जातको आलु लगाउँदा उपयुक्त हुन्छ सो अध्ययन गरेर बीउ सिफारिस गर्ने गरेको उहाँले बताउनुभयो । जिल्लामा जनकदेव, खुमल उज्वल, कार्डिनल, एमएस ४५, रोजिटालगायतका उन्नत जातको बीउ आलु लगाउने गरिएको छ । रासस