३ भाद्र २०८३, बुधबार
,
Latest
एक वर्षमा चौध करोडको जडीबुटी निर्यात चालु आर्थिक वर्षका काम र उपलब्धिका लागि मन्त्रीसँग प्रधानमन्त्रीको सम्झौता अनलाइन बेटिङ तथा क्रिप्टो कारोबारमा संलग्नमाथिको कारबाही तीव्र बलिदानीपूर्ण इतिहास सम्झिएर काम गर्न एमाले नेता थापाको आग्रह ‘चिट्ठामा रमाउने सरकार’ भनेपछि रास्वपा सांसद तामाङको नियमापत्ति नेप्से परिसूचक झिनो अङ्कले घट्यो बारामा ३ वर्षीया बालिकाको बलात्कारपछि हत्यामा संलग्नलाई कारबाही गर्न सांसदहरुको माग बालबालिकामा बढ्दो मोबाइल लत नियन्त्रण गर्न अभिभावक लक्षित सचेतना कार्यक्रम चलाउन माग विदेशमा रहेका नेपालीलाई स्थानीय तह निर्वाचनमा मतदानको व्यवस्था गर्न रास्वपाको माग राष्ट्रियसभाको अर्काे बैठक भदौ ५ गते
तपाईं के खोज्दै हुनुहुन्छ ?

सनकाे दनादन चार गाेल, डिफेन्डिङ च्याम्पियन लिभरपुल पनि विजयी



अ+ अ-

लन्डनः इङलिस प्रिमियर लिगमा यसवर्ष टाेटेनह्यामले सुन्दर सुरूवात गरेकाे छ ।

आइतबारकाे खेलमा टाेटेनह्यामले साउथ ह्याम्पटनलाइ ५-२ गाेल अन्तरले पराजित गरेकाे छ जसमा दक्षिण काेरियाली फरवार्ड सन ह्युङ मिनले चार गाेल गरे । एक गाेल ह्यारी केनले गरेका थिए । साउथ ह्याम्प्टनका लागि ड्यानी इङ्ग्सले २ गाेल फर्काए ।

टाेटेनह्याममा रियल म्याड्रिडबाट ग्यारेथ बेल आउनु अघि नै जाेजे माैरिह्नाेकाे टाेलीले प्रभावशाली जित हात पारेकाे हाे ।

लिभरपुल विजयी

डिफेन्डिङ प्रिमियर लिग च्याम्पियन लिभरपुलले चेल्सीलाइ २ – ० गाेलले पराजित गरेकाे छ । निकै प्रभावशाली खेल खेलेकाे लिभरपुलका लागि साडियाे मानेले ५० र ५४ मिनेटमा लगातार २ गाेल गरेका थिए ।

एजेन्सी