२९ मंसिर २०८२, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

सनकाे दनादन चार गाेल, डिफेन्डिङ च्याम्पियन लिभरपुल पनि विजयी



अ+ अ-

लन्डनः इङलिस प्रिमियर लिगमा यसवर्ष टाेटेनह्यामले सुन्दर सुरूवात गरेकाे छ ।

आइतबारकाे खेलमा टाेटेनह्यामले साउथ ह्याम्पटनलाइ ५-२ गाेल अन्तरले पराजित गरेकाे छ जसमा दक्षिण काेरियाली फरवार्ड सन ह्युङ मिनले चार गाेल गरे । एक गाेल ह्यारी केनले गरेका थिए । साउथ ह्याम्प्टनका लागि ड्यानी इङ्ग्सले २ गाेल फर्काए ।

टाेटेनह्याममा रियल म्याड्रिडबाट ग्यारेथ बेल आउनु अघि नै जाेजे माैरिह्नाेकाे टाेलीले प्रभावशाली जित हात पारेकाे हाे ।

लिभरपुल विजयी

डिफेन्डिङ प्रिमियर लिग च्याम्पियन लिभरपुलले चेल्सीलाइ २ – ० गाेलले पराजित गरेकाे छ । निकै प्रभावशाली खेल खेलेकाे लिभरपुलका लागि साडियाे मानेले ५० र ५४ मिनेटमा लगातार २ गाेल गरेका थिए ।

एजेन्सी