१५ श्रावण २०८३, शुक्रबार
,
Latest
सामाजिक सद्भाव कायम राख्न सबै पक्षले समन्वय र सहकार्य गर्ने निर्णय फरार प्रतिवादी पक्राउ पहिलो त्रैमासमा वस्तुको विश्वव्यापी व्यापार वृद्धि अपेक्षाभन्दा बढी : डब्ल्यूटीओ काठमाडौंमा पेसएक्स प्रिमियर लिग सेभेन ए साइड फुटसल सुरु, ३२ टोली मैदानमा १ हजार ३३ किलोभन्दा बढी गाँजासहित एक जना चालक पक्राउ काठमाडौँ महानगरपालिका कार्यक्षेत्र भएका एक हजार ९१२ सहकारीमध्ये ६६७ वटा नवीकरण सरकार र लघुवित्तपीडितबीच पाँच बुदे सहमति समितिको काम प्रभावकारी बनाउन सभामुख डीपी अर्यालको निर्देशन हेटौँडामा शनिबार सद्भाव र्‍याली गरिने विद्यालयमा महिनावारी स्वास्थ्य शिक्षा प्रभावकारी बनाउन जोड
तपाईं के खोज्दै हुनुहुन्छ ?

वैदेशिक ऋणको सहि सदुपयोग नहुदा आर्थिक संकट : उपसभापति गुरुङ



अ+ अ-

काठमाडौँ। पुजी निर्माणको आधार नहेरी खर्च गर्ने बानीले गर्दा देश अर्थतन्त्र संकटमा पर्दै गएको नेपाली काङ्ग्रेसका उपसभापति धनराज गुरुङले बताएका छन् ।

नेपाली काङ्ग्रेसको निति तथा योजना विभागको आयोजनामा बुधबार नेपाली काङ्ग्रेस केन्द्रीय कार्यालय सानेपामा भएको नेपालमा वैदेशिक सहयोगको अर्थ(राजनीति बिषयकू संवाद गोष्ठी उनले यस्तो बताए।

बिदेश बाट ऋण लिएर पुजी निर्माण नहुने ठाउँमा लगानी गरेपछि बिदेशी ऋणले थिच्दै गयो । वैदेशिक ऋणको सहि सदुपयोग नहुदा देशमा आर्थिक संकट छाएको उदाहरण दिदै ७ सय ५३ स्थानीयतहमा बनेको हस्पिटलको योजना खंडहर बनेको बताए ।

७ सय ५३ स्थानीय तहमा हस्पिटलका भवन मात्रै बने नागरिकको उपचारको लागी डाक्टर छैनन् । नेपाली काङ्ग्रेसका सभापति पुर्व प्रधानमन्त्री शेरबहादुर देउवाको प्रमुख आतिथ्यमा सम्पन्न गोष्ठीमा महामन्त्री गगन थापा र बिश्वप्रकाश शर्मा, सहमहामन्त्री डिना उपाध्याय लगायतले मन्तव्य राख्नु भएको थियो ।

तस्बिर : माधवप्रसाद घिमिरे/रासस