४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

अफगानिस्तानमा भएका आक्रमणमा १० प्रहरी र १५ तालिबानीको मृत्यु

अफगानिस्तानमा भएका आक्रमणमा १० प्रहरी र १५ तालिबानीको मृत्यु
अ+ अ-

काठमाडौं । अफगानिस्तानको उरुज्गान प्रान्तमा आइतबार भएका विभिन्न आक्रमणका क्रममा कम्तीमा पनि १० जना प्रहरी र १५ तालिबानको मृत्यु भएको छ । 
आइतबार भएका ती आक्रमणहरुमा उरुज्गान प्रान्तका विभिन्न जिल्लामा तालिबानी लडाकूले सुरक्षाकर्मीमाथि हमला गरेका थिए । 

तालिबानी सशस्त्र लडाकूले गरेका ती हमलाहरुमा परी २५ जनाको ज्यान गएको अधिकारीले जानकारी दिएका छन् । उरुज्गान प्रान्तको गिजाब जिल्लामा तालिबानीहरुले सो हमला गरेका बताइएको छ । आइतबार तालिबानहरुले उत्तरी अफगानिस्तानका सुहादा र खास जिल्लाका पनि कैयौँ स्थानमा हमला गरेका थिए । 

ती हमलाहरुमा परी १७ जना तालिबानी लडाकू मारिएका बताइएको थियो । आइतबारै बिहानीपख भएको सो हमलामा परी चार जना प्रहरी पनि मारिएका थिए ।  आइतबारै तालिबानहरुले यो अर्को हमला गरेका छन् । उनीहरुले सुनियोजितरुपमा एकै पटक ती सहरमा हमला गरेका अधिकारीले जनाएका छन् । 

उनीहरुले सुरक्षा जाँच चौकीमा ठूलो संख्याका लडाकूसहित आक्रमण गरेका थिए । हालैमात्र अफगान सरकार र त्यहाँका तालिबानबीच कतारको राजधानी दोहामा शान्ति वार्ता शुरु भएको छ । वार्ता जारी नै रहेका बेला यता तालिबानले भने आक्रमण शुरु गरेका छन् तर पनि यस विषयमा तालिबानी समूहका तर्फबाट भने कुनै पनि प्रतिक्रिया आएको छैन ।