२४ जेष्ठ २०८३, आईतवार
,
Latest
किमाथाङ्कामा शुक्रबारदेखि इन्टरनेट सेवा बन्द ‘आइतबारको बिदा खारेज गर्न लागिएको होइन’ ‘ददीराम सापकोटाद्वारा लिखित त्यो नेपाल’नामक पुस्तक  विमोचन युद्ध अन्त्यका लागि मध्यस्थता गर्न पाकिस्तानी अधिकारी तेहरानमा मन्त्री चौधरीद्वारा झापाको बाहुनडाँगीमा स्थलगत निरीक्षण सङ्खुवासभामा विपन्न वर्गका १५ जनाको निःशुल्क शल्यक्रिया समग्र स्वास्थ्य क्षेत्रको सुधारमा सरकारले जोड दिइरहेको छः मन्त्री मेहता बागमती र कोशीका १८ जिल्लामा रास्वपाको नयाँ कार्यसमिति प्रतिपक्षले विरोधमात्र गर्ने प्रवृत्तिको अन्त्य हुनुपर्छ : पूर्वगृहमन्त्री गुरुङ विकास, सम्मृद्धि र सुशासनको पक्षमा निरन्तर काम गर्छौंः महामन्त्री बुर्लाकोटी
तपाईं के खोज्दै हुनुहुन्छ ?

अपाङ दम्पतीलाई जीसीएसको सहयोग



अ+ अ-

काठमाडौं । नेपाल तेक्वान्दो संघका अध्यक्ष समेत रहेका जीसीएस नेपालका अध्यक्ष प्रकाशशमशेर राणाले अपाङ दम्पतीलाई राहत प्रदान गरेका छन् ।

विश्वव्यापी महामारीको रुप लिएको कोरोना भाइरस ९कोभिड– १९० का कारण समस्यामा परेका अपाङ दम्पतीलाई अध्यक्ष राणाले खाद्य सामाग्री सहयोग गरेका हुन् । उनीहरुलाई काठमाडौं जिल्ला तेक्वान्दो संघका अध्यक्ष अशोक खड्काले ३० केजी चामल, नुन, तेल, दाल र चिनी समान २–२ केजी, सिलिन्डरसहितको ग्यास सोमबार हस्तान्तरण गरे । थलीस्थित अपाङ दम्पती बस्ने डेरामा पुगी अध्यक्ष खड्काले सामाग्री हस्तान्तरण गरेका थिए । कागेश्वरी मनोहरा नगरपालिकाका प्रतिनिधिको उपस्थितिमा राहत दिइएको थियो ।

अध्यक्ष खड्काले केहि दिनअघि व्यक्तिगत १२ हजार रुपैयाँ खर्चमा आलापोटस्थित अमरनाथ मन्दिरको सरसफाइका साथै रंगरोगन पनि गरिदिएका छन् । कोरोना भाइरसका कारण पहिले गरिएको लकडाउन र पछिको निशेधाज्ञाका कारण समास्यमा परेका विभिन्न व्यक्ति र परिवारलाई गरी जम्मा ४ सय १० परिवारलाई राहत वितरण गरिसकेको अध्यक्ष खड्काले जनाएका छन् ।