• २० असार २०८१, बिहीबार
  •      Thu Jul 4 2024
  •   Unicode
Logo
Latest
★   जाउलाखेललाई महिला ह्विलचियर बास्केटबलको उपाधि ★   नेपाली खेलकुदको इतिहासमै पहिलो पटक एन्थ्रोपो मेट्रिक अनुसन्धान ★   सदभाव आचार्य गल्फ प्रतियोगिता खेल्न र प्रशिक्षण गर्न अमेरिका प्रस्थान ★   सुदूरपश्चिम प्रदेश सरकारबाट नेकपा एमाले बाहिरियो ★   इमानदारीपूर्वक काम गर्न अध्यक्ष ओलीको सुझाव ★   नयाँ बन्ने ओली नेतृत्वको सरकारले शिक्षा क्षेत्रका समस्या नयाँ उचाईबाट समाधान गर्छ: उपाध्यक्ष पौडेल ★   रवि लामिछाने विरुद्धको मुद्दामा दुई न्यायाधीशबीच राय बाझियो ★   रौतहट कटहरियाका मेयर र उपमेयरसहित ११ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर ★   एकीकृत समाजवादीको अध्यक्षमा नेपाल र महासचिवमा भूसाल सर्वसम्मत ★   एकीकृत समाजवादीको नेतृत्व सर्वसम्मत चयन गर्नुपर्नेमा महाधिवेशन प्रतिनिधिहरुको जोड

अपाङ दम्पतीलाई जीसीएसको सहयोग



काठमाडौं । नेपाल तेक्वान्दो संघका अध्यक्ष समेत रहेका जीसीएस नेपालका अध्यक्ष प्रकाशशमशेर राणाले अपाङ दम्पतीलाई राहत प्रदान गरेका छन् ।

विश्वव्यापी महामारीको रुप लिएको कोरोना भाइरस ९कोभिड– १९० का कारण समस्यामा परेका अपाङ दम्पतीलाई अध्यक्ष राणाले खाद्य सामाग्री सहयोग गरेका हुन् । उनीहरुलाई काठमाडौं जिल्ला तेक्वान्दो संघका अध्यक्ष अशोक खड्काले ३० केजी चामल, नुन, तेल, दाल र चिनी समान २–२ केजी, सिलिन्डरसहितको ग्यास सोमबार हस्तान्तरण गरे । थलीस्थित अपाङ दम्पती बस्ने डेरामा पुगी अध्यक्ष खड्काले सामाग्री हस्तान्तरण गरेका थिए । कागेश्वरी मनोहरा नगरपालिकाका प्रतिनिधिको उपस्थितिमा राहत दिइएको थियो ।

अध्यक्ष खड्काले केहि दिनअघि व्यक्तिगत १२ हजार रुपैयाँ खर्चमा आलापोटस्थित अमरनाथ मन्दिरको सरसफाइका साथै रंगरोगन पनि गरिदिएका छन् । कोरोना भाइरसका कारण पहिले गरिएको लकडाउन र पछिको निशेधाज्ञाका कारण समास्यमा परेका विभिन्न व्यक्ति र परिवारलाई गरी जम्मा ४ सय १० परिवारलाई राहत वितरण गरिसकेको अध्यक्ष खड्काले जनाएका छन् ।