२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
न्युजिल्याण्डले ऊर्जा सुरक्षा मजबुत बनाउन ‘एलएनजी’ सुविधा अघि बढाउने श्रीलङ्कामा तीन दिने डेङ्गु नियन्त्रण कार्यक्रम सुरु, पहिलो दिनमै व्यापक निरीक्षण मध्यपूर्व तनाव घट्ने सङ्केतसँगै लगानीकर्तामा उत्साह वसन्त ऋतुको हिमाल आरोहण मैझारो, एक अर्ब २६ करोड राजस्व संकलन शैय्या सङ्ख्याअनुसार शुल्क नतिर्ने स्वास्थ्य संस्था कारबाहीमा अदालतको लेटरप्याड र न्यायाधीशकै दस्तखत किर्ते गरेपछि… कामपा नगरसभाको १९औँ अधिवेशन आगामी ३१ मा पोखरा–भरतपुर–लुम्बिनीबीच पर्यटन प्रवर्द्धनका लागि ‘सिल्भर ट्रयाङ्गल’ समझदारी योग्य, सक्षम इमान्दारी नेतृत्व आवश्यक छ: महामन्त्री बुर्लाकोटी पशुपतिनाथ मन्दिर क्षेत्रमा सिक्री लुटपाट गर्ने पाँच भारतीय पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

अमेरिकी राष्ट्रपति ट्रम्पको आदेशविरूद्ध २२ राज्य अदालतमा



President Donald Trump speaks at an indoor Presidential Inauguration parade event in Washington, Monday, Jan. 20, 2025. (AP Photo/Matt Rourke)
अ+ अ-

काठमाडौं । जन्मसिद्ध नागरिकताको प्रावधान हटाउन अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको आदेशविरुद्ध २२ वटा राज्य अदालतमा पुगेका छन् । डेमोक्रेटिक राज्यका महान्यायाधिवक्ताहरूले अमेरिकी राष्ट्रपति ट्रम्पको जन्मसिद्ध नागरिकता हटाउन खोज्ने कार्यकारी आदेश रोक्न माग गर्दै संघीय अदालतमा मुद्दा दायर गरेका हुन् ।

४७ औं राष्ट्रपतिको रुपमा सपथ लिएर पदभार ग्रहण गरेलगत्तै ट्रम्पले अमेरिकामा गैरकानूनी रूपमा रहेका महिलाका सन्तान वा कानुनी रूपमा स्थायी बासिन्दा नभएकाहरूका सन्तानलाई राहदानी, नागरिकता प्रमाणपत्र र अन्य कागजात उपलब्ध नगराउन निर्देशन दिने आदेश जारी गरेका थिए ।

तर उनको आदेशविरूद्ध मासाचुसेट्सको संघीय अदालतमा १८ वटा राज्यले मुद्दामा दायर गरेका हुन् । मुद्दामा सान फ्रान्सिस्को र वासिङ्टन डीसी सहरहरू पनि संलग्न रहेका सीएनएनले जनाएको छ ।

मुद्दामा ट्रम्पको आदेशले अमेरिकी संविधानको १४ औं संसोधन उल्लंघन भएको दाबी गरिएको छ । अमेरिकी संविधानले अमेरिकी माटोमा जन्मेकाहरू जन्मका आधारमा स्वत: नागरिक हुने व्याख्या गरेको छ । ’संयुक्त राज्य अमेरिका वा यसको अधिकार क्षेत्रको अधिनमा जन्मेका सबै व्यक्तिहरू संयुक्त राज्य अमेरिका र उनीहरू बस्ने राज्यका नागरिक हुन्,’ अमेरिकी संविधानको १४ औं संशोधनमा उल्लेख छ ।

डेमोक्रेटिक राज्यहरू क्यालिफोर्निया, कोलोराडो, कनेक्टिकट, डेलावेयर, हवाई, मेइन, मेरिल्याण्ड, मासाचुसेट्स, मिसिगन, मिनेसोटा, नेभाडा, न्युजर्सी, न्युमेक्सिको, न्युयोर्क, नर्थ क्यारोलाइना, रोड आइल्याण्ड, भर्मन्ट र विस्कन्सिन राज्यले ट्रम्पको आदेशविरूद्ध मुद्दा दायर गरेका हुन् ।

इलिनोइ, एरिजोना, वासिङ्टन र ओरेगन राज्यले पनि कार्यकारी आदेशविरूद्ध वासिङ्गटन राज्यको सियाटलस्थित संघीय अदालतमा छुट्टै मुद्दा दायर गरेका छन् ।

ट्रम्पले आफ्नो आदेश ३० दिनभित्र लागू गर्न निर्देशन दिएका छन् । तर यो आदेश जारी भएलगत्तै अमेरिकन सिभिल लिबर्टीज युनियन र अन्य पैरवी समूहहरूले यसलाई चुनौति दिँदै मुद्दा दायर गरेका थिए ।