१८ भाद्र २०८३, बिहीबार
,
Latest
नगरवासीलाई मनोसामाजिक सहयोग उपलब्ध गराउँदै हेटौँडा उपमहानगर एनएसजेएफ पल्सर अवार्डः चन्द्र र एरिका ‘वर्ष उत्कृष्ट खेलाडी’ घोषित बाढीका कारण तीन खर्ब ८७ अर्बको क्षति भएको प्रारम्भिक अनुमान भोटेकोशी बाढीपछि उद्धार तथा राहत प्रभावकारी बनाउन रास्वपाद्वारा ध्यानाकर्षण इजरायली राजदूतद्वारा मुख्यमन्त्री आचार्यसँग शिष्टाचार भेट खेलकुदले विद्यार्थी र युवाको मानसिक स्वास्थ्यमा सहयोग पुर्याइरहेको छः मन्त्री पोखरेल पर्साका स्थानीय तह, उद्योगपति तथा समाजसेवीद्वारा आर्थिक सहयोग बाढीपछि कति आयो अन्तर्राष्ट्रिय सहयोग ? हामीले गरेको नगन्य गल्तीको ठूलो सजाय भोग्यौँ : प्रधानमन्त्री शाह भोटेकोसीपछि उठेको प्रश्न: जलवायु संकटको मूल्य कसले तिर्ने?
तपाईं के खोज्दै हुनुहुन्छ ?

च्याम्पियन्स लिगमा लिभरपुलको लगातार सातौं जित



अ+ अ-

काठमाडौँ । च्याम्पियन्स लिग फुटबलमा इंग्लिस क्लब लिभरपुलको सानदार प्रदर्शन जारी छ । गएराति भइको खेलमा लिभरपुलले फ्रेन्च क्लब लिललाई २–१ ले हराउँदै सात खेलमा सातै जित निकाल्यो ।

लिभरपुल प्रतियोगिताको अन्तिम १६ मा प्रवेश गरिसकेको छ । अन्तिम आठको स्थान पक्का गरेको लिभरपुल अन्तिम १६ मा पुगेको हो । शीर्ष आठ टोलि सिधै अन्तिम १६ मा प्रवेश गर्नेछन् भने ८ टोलि प्लेअफबाट आउनेछन् ।

घरेलु टोलिलाई जित दिलाउन मोहम्मद सलाह र हार्वी इलिओटले गोल गरे । लिलका जोनाथन डेभिडले एक गोल फर्काए । खेलको ५९ औं मिनेटमा लिलका अइसा मान्डीले रातो कार्ड खाँदै बाहिरिएपछि लिल १० खेलाडीमा समेटिएको थियो ।

लिभरपुल २१ अंकका साथ तालिकाको शीर्षस्थानमा रहँदा लिल १३ अंकका साथ ११ औं स्थानमा छ ।