८ श्रावण २०८३, शुक्रबार
,
Latest
प्लाइउड निर्यातका अवरोध तत्काल हटाउन प्रधानमन्त्रीको निर्देशन विद्यार्थीको विदेश मोह : सेडाको अनुसन्धान वामपन्थी दलहरू राजनीतिक विकृतिबाट मुक्त छैनन्, विगतको आत्मसमीक्षा आवश्यक छः माधवकुमार नेपाल ऐतिहासिक तथा कलात्मक सम्पदा पुनर्निर्माणमा मौलिकता र गुणस्तर कायम गर्न प्रधानमन्त्रीको चासो प्रचण्डको टिप्पणी–‘हाम्रा कमजोरीमाथि टेकेर नेपाली जनतालाई ‘अफिम’ खुवाए’ मुलुकको आर्थिक समृद्धिका लागि निजी क्षेत्र लगानी गर्न तयारः निर्यात व्यवसायी महासंघ सरकारका गतिविधिका कारण न्यायिक स्वतन्त्रता जोखिममा रहेको अन्तर्राष्ट्रिय मानवअधिकारवादी संस्थाको दाबी प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर नगराएपछि रामारोशन गाउँपालिकाका निमित्त प्रमुखको आर्थिक तथा प्रशासनिक अधिकार मन्त्रालयद्वारा रद्द आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र कम्युनिस्टहरू सत्ता केन्द्रित हुँदा वैरीले दीर्घकालीन रणनीति बनाए : प्रचण्ड
तपाईं के खोज्दै हुनुहुन्छ ?

महिला यू–१९ विश्वकप क्रिकेट : नेपालले आज अस्ट्रेलियाको सामना गर्ने



अ+ अ-

काठमाडौं । आईसीसी महिला यू–१९ विश्वकपमा समूह चरणको आफ्नो अन्तिम खेलमा नेपालले आज उपाधि दावेदार अस्ट्रेलियाको सामना गर्दैछ । यो खेल नेपाली समयअनुसार दिउँसो सवा १२ बजे सुरु हुने छ ।

समूह ‘डी’ अन्तर्गतको खेल मलेसियाको युकेएम वाइएसडी ओभलमा हुने छ ।

नेपालले पहिलो पटक अस्ट्रेलियाको सामना गर्न लागेको हो । अस्ट्रेलिया नेपाली युवा टोलीले सामना गर्न लागेको बलियो टोलीमध्ये एक हो ।

अघिल्ला दुवै खेलमा पराज बेहोरेको नेपाल सुपर सिक्समा पुग्ने सम्भावना न्युन छ । त्यसैले नेपाल साबिक उपविजेता अस्ट्रेलियाविरुद्ध विना दबाब मैदान उत्रिनेछ ।

नेपालले पहिलो खेलमा बंगलादेशसँग पाँच र स्कटल्यान्डसँग एक विकेटले पराजय बेहोरेको थियो ।




भर्खरै