काठमाडौँ। नेकपा एमालेले आगामी भदौमा विधान महाधिवेशन गर्ने भएको छ । पार्टी अध्यक्ष तथा प्रधानन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा पार्टी केन्द्रीय कार्यालय च्यासलमा सचिवालय बैठक बसेको थियो ।
मंगलबार साँझ बसेको पार्टी सचिवालय बैठकले सो निर्णय लिएको एक पदाधिकारीले जानकारी दिए । २०८२ भदौ २०,२१ र २२ मा गोदावरीस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, ललितपुरमा महाविधेशन निर्णय एमालेले गरेको एक नेताले जानकारी दिए ।
यसअघि एमालेले ०७८ असोज दोस्रो साता विधान अधिवेशन गरेको थियो । उक्त अधिवेशनबाट विभिन्न १६ वटा प्रस्ताव पारित भएको थियो ।