२८ मंसिर २०८२, आईतवार
,
Latest
पर्यटन सबलीकरणका सूत्र यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर तुलसीमान श्रेष्ठ लोक साहित्य सम्मान-२०८२ डा.राजुबाबु श्रेष्ठलाई प्रदान विभिन्न कार्यक्रमका साथ संसद् सेवा दिवस मनाइँदै एमाले महाधिवेशन: आजबाट बन्दसत्र भृकुटीमण्डपमा शुरु हुँदै एमाले महाधिवेशनः सांस्कृतिकदेखि आन्तरिक पर्यटन प्रवर्द्धनमा सहयोग मेस्सी एक्कासी बाहिरिएपछि समर्थकद्वारा भारतीय रंगशालामा तोडफोड कांग्रेसभित्र प्रजातन्त्र सेनानीको अनुभव प्रयोगको खाँचो छ: डा कोइराला ८५ हेक्टर क्षेत्रफलमा चैते धानखेती विस्तार गरिँदै होटेलमा लुकाइ राखिएको पेस्तोल पड्किँदा एक जना घाइते
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोरिया सरकारका परराष्ट्रमन्त्रीका विशेष दूतद्वारा उच्चस्तरीय भेटवार्ता



अ+ अ-

काठमाडौँ। गणतन्त्र कोरिया सरकारका परराष्ट्रमन्त्रीका विशेष दूत ली जोङग्युले दुई दिने नेपाल भ्रमणका क्रममा विभिन्न उच्चस्तरीय भेटवार्ता गरेका छन् ।

जोङग्यले आज उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल, श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री र परराष्ट्र सचिवलगायत उच्च पदस्थ व्यक्तिसँग भेटघाट गरी द्विपक्षीय सहयोगलाई विस्तार गर्ने सम्बन्धमा छलफल गरेका छन् ।

विशेष दूतको यो नेपाल भ्रमण विगत ५० वर्षको मैत्रीपूर्ण सम्बन्धलाई मध्यनजर गर्दै आगामी ५० वर्षको सम्बन्ध विस्तारका लागि आवश्यक योजना तजुर्मा गर्नु रहेको यहाँस्थित कोरियाली दूतावासले जनाएको छ ।

गतवर्ष कोरिया र नेपालबीच कूटनीतिकसम्बन्ध स्थापना भएको ५०औँ वार्षिकोत्सव मनाउने क्रममा संयुक्त राष्ट्र सङ्घ महासभामा दुई देशका परराष्ट्र मन्त्रीको बैठक आयोजना भएको थियो ।

सन् १९७४ मा कूटनीतिकसम्बन्ध स्थापना भएदेखिनै कोरिया र नेपालबीच विगत ५० वर्षदेखि जनस्तरको घनिष्ठसम्बन्ध रहँदै आएको छ । दुई देशले विगतमा अर्थतन्त्र, रोजगारी र पर्यटनलगायत विभिन्न क्षेत्रमा अत्यन्त महत्त्वपूर्णसम्बन्ध स्थापित गरेको बारेमा छलफलका क्रममा उल्लेख भएको छ ।

विशेष दूतले नेपालका उच्च पदस्थ व्यक्तिको भेटघाटका क्रममा कोरिया सरकारले नेपाललाई १५ वर्षसम्म निरन्तर एक महत्त्वपूर्ण विकास साझेदार मुलुकको रूपमा निर्धारण गरेर नेपालको कृषि, स्वास्थ्य, रोजगारी तालिम, तथा जलवायु परिवर्तनलगायतका आवश्यकताको आधारमा नेपाललाई सहयोग गरिरहेको बताए ।

सन् २००७ मा सम्झौता भएको कोरिया–नेपाल रोजगार अनुमति प्रणालीमार्फत हालसम्म एक लाख १० हजारभन्दा बढी नेपाली कामदारले कोरियामा काम गर्ने अवसर प्राप्त गरेका छन् । रोजगारीको माध्यमबाट दुवै देशको आर्थिक विकासमा योगदान पुगेको छ ।