११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar रास्वपाले सांसदका स्वकीय सचिवलाई गर्‍यो अभिमुखीकरण News Polar विश्वव्यापी जलवायु परिवर्तनलाई मध्यनजर गर्दै पर्यटन क्षेत्रको सुरक्षा मापदण्ड परिमार्जन गर्न आवश्यकः जलवायु विज्ञ दाहाल News Polar पर्यटन क्षेत्र मुलुकको आर्थिक समृद्धि र उद्यमशीलताको महत्वपूर्ण आधारःसचिव सुवेदी News Polar अनुगमनमा रोक लगाएपछि प्रहरीप्रति मानव अधिकार आयोगको आपत्ति News Polar वर्षा रोकिएपछि पनि पहिरोको जोखिम कायमै, अवरुद्ध सडक खुलाउन २५० भन्दा बढी उपकरण तयारी अवस्थामाः प्राधिकरण News Polar अविरल वर्षा र बाढीपहिरोमा १२ जनाको मृत्यु, ७ जना बेपत्ता News Polar भोटेकोशी–त्रिशूली बाढीबाट वागमतीको पर्यटन क्षेत्रमा ५२ अर्बभन्दा बढीको क्षति News Polar नारायणीको जलसतह हालसम्मकै उच्च News Polar वर्षापछि आकाश खुलेसँगै काठमाडौं उपत्यकाको मौसम-फोटो फिचर News Polar लालबकैया नदीमा आएको बाढीले मौलापुरको तटबन्ध जोखिममा News Polar पहिरोले अवरुद्ध मध्यपहाडी लोकमार्ग सञ्चालन News Polar महाकालीमा पानीको बहाव बढ्यो, आवागमन प्रभावित News Polar कुलेखानीमा जलसतह बढेपछि देउराली-सिस्नेरी सडक ४ः०० बजेदेखि बन्द News Polar म्याग्दीको गिवाङक पहिरोमा पुरिएका दुई जनाको शव फेला, दुई जनाको उद्धार News Polar कालीगण्डकीको बाढीले बेनीमा कटान गर्न थाल्यो News Polar बीसौँ एसियाली खेलकुदः टेनिसमा बास्तोला र खड्काको जोडी विजयी News Polar वीरगञ्जमा अनधिकृत रूपमा राखिएका ‘होर्डिङ बोर्ड’ हटाउन सुरु News Polar नारायणीको पुलमा ठूला सवारीसाधन सञ्चालनमा रोक News Polar ४७औँ विश्व पर्यटन दिवसका अवसरमा चित्रकला प्रदर्शनी News Polar बाढी प्रभावित क्षेत्रमा सेनाद्वारा उद्धार जारी

सन्दिप थपलिया ‘शिसन’ द्वारा लिखित उपन्यास ‘राधे’ को विमोचन

सन्दिप थपलिया ‘शिसन’ द्वारा लिखित उपन्यास ‘राधे’ को विमोचन
अ अ+ अ-

काठमाडौँ । सन्दिप थपलिया (शिसन) को उपन्यास राधे विमोचन गरिएको छ । आज (सोमबार) रिपोर्टर्स क्लब नेपालमा आयोजित समारोहमा क्लबका सभापति, प्राइम टाइम्स टेलिभिजनका अध्यक्ष ऋषि धमला, बेनीघाट रोराङ गाउँपालिका अध्यक्ष कृष्णबहादुर थपलिया (विवेक), राजनीतिक विश्लेषक डा.सुरेन्द्र केसी, लेखक शिसनकी दिदी संगिता थपलिया, लेखक तथा रङ्गकर्मी घिमिरे युवराज र साहित्यकार केशवप्रसाद पराजुलीले संयुक्त रुपमा विमोचन गरेका थिए ।

लेखक शिसन भने रोजगारीको सिलसिलामा हाल बेलायतमा छन् । राधे शिसनको पहिलो उपन्यास हो । उनले त्रिभुवन विश्वविद्यालयबाट स्नातकोत्तर तहसम्मको अध्ययन पूरा गरेका छन् । विमोचन समारोहमा लेखक शिसनले भिडिओ सन्देशमार्फत आफ्ना कुराहरु राखेका थिए ।

समाजले कर्णलाई खल पात्रको रुपमा चित्रण गर्ने गरेको भएपनि आफूलाई भने सधैं महानायक लागेको उनले बताए । करिब ४ वर्षको गहन अध्ययनपछि राधे लेखिएको उनले बताए ।

‘मेरो नजरमा भने कर्ण सधैं महानायक हो । समाजले खलपात्रको रुपमा चिनेको कर्णको बारेमा उपन्यास लेख्न मन लाग्यो । करिक ४ वर्षको गहन अध्ययनपछि उपन्याय तयार भएको छ । यो उपन्यासमा तथ्यहरु फेरिएका छन् । काल्पनिकताहरु जोडिएका छन्,’– उनले भने ।

लेखक शिसनकी दिदी संगिता थपलियाले उपन्यासमा रहेका कतिपय प्रसंगले मन छुने बताईन् । ‘महाभारतको खलपात्रको रुपमा चिनिएको राधे (कर्ण) को बारेमा लेखिएको उपन्यास हो । यसमा महिला हिंसा, प्रेम, वियोग, मित्रताको बारेमा लेख्न खोजिएको छ । द्रौपदीको चिर हरणको प्रसंगमा लेखिएका शब्दले अति नै मन छुन्छ,’– उनले भनिन् ।

बेनीघाट रोराङ गाउँपालिका अध्यक्ष कृष्णबहादुर थपलिया (विवेक) ले साहित्य, राजनीति वा देशप्रति नै युवाहरुलाई वितृष्णा पैदा भइरहेको बेलामा राधे उपन्यास आउनु महत्वपूर्ण रहेको बताए । उनले लेखक शिसनको हिम्मत महत्वपूर्ण रहेको बताए । लेखक शिसनले दुई वटा विषयमा डिग्री गरेर पनि बाँच्ने आधार नभएर विदेशिनुपरेको अध्यक्ष थपलियाले बताए ।

रङ्गकर्मी घिमिरे युवराजले शिसनको उपन्यास राधेको बारेमा फरक दृष्टिकोण दिन सफल भएको बताए ।

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले आफूलाई राधे उपन्यासको लेखन शैलीले आकर्षित गरेको बताए । शिसनलाई आफूले धेरै सम्भावना भएको लेखकको रुपमा पाएको बताए । महाभारतको पात्रलाई आफ्नो पुस्तकको विषय वस्तु बनाउनु चानचुने कुरा नभएको वरिष्ठ अधिवक्ता त्रिपाठीको भनाइ छ ।