४ पुष २०८२, शुक्रबार
,
Latest
नेपाली महिला फुटबलमा उपाधि खडेरी तोड्ने एपिएफको लक्ष्य चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदैः रास्वपा राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी १५ औं महाधिवेशनमा सहमहामन्त्री माग्छु, नदिए महामन्त्रीमा लड्छुः काँग्रेस नेता शर्मा कुलमानले निर्माण व्यवसायीको मान मर्दन गरे, अन्तरिम सरकार पनि विगतको भन्दा फरक पाएनौँः अध्यक्ष सिंह एमाले केन्द्रिय कमिटी बैठक पुस २६, २७ र २८ गते बोलाइयो जेनजी आन्दोलनको रिपोर्टिङका क्रममा घाइते पत्रकारहरुको उपचार खर्च सरकारले व्यहोर्ने सञ्चारमन्त्रीको घोषणा एमाले राष्ट्रिय झण्डा ओढेर सिंहदरबार जलाउने जस्तो नक्कली पार्टी होइनः ओली एमालेको काँधमा अहिले असाधारण जिम्मेवारी छ–ओली
तपाईं के खोज्दै हुनुहुन्छ ?

नीरज चोपडाले टेनिस खेलाडी हिमानीसँग विवाह गरे



अ+ अ-

एजेन्सी । भारतका ओलम्पिक च्याम्पियन नीरज चोपडाले शुक्रबार विवाह गरेका छन् ।

उनले २ दिनपछि आइतबार राति आफ्नो विवाहको ३ तस्विर सामाजिक सञ्जालमा पोस्ट गरे । तस्बिरमा उनकी श्रीमती हिमानी र आमा सरोज देवी देखिएकी छन् ।

२७ वर्षीय नीरजले सामाजिक सञ्जालमा लेखेका छन्– मेरो परिवारसँग जीवनको नयाँ अध्याय सुरु भयो । पारिवारिक स्रोतका अनुसार नीरज र हिमानीको विवाह समारोह निकै गोप्य रुपमा आयोजना गरिएको थियो ।

विवाहमा केटा र केटीका परिवारका सदस्य मात्रै सहभागी थिए ।

नीरजले शेयर गरेको तस्विरमा परिवारका केही सदस्य मात्रै सँगै बसेको देख्न सकिन्छ । विवाहको बारेमा परिवार बाहेक कसैलाई थाहा थिएन ।

को हुन् नीरजकी श्रीमती हिमानी ?
नीरजले आफ्नै राज्य हरियाणाको सोनीपत जिल्लाको लाडसौली गाउँकी टेनिस खेलाडी हिमानी मोरसँग विवाह गरेका हुन् ।

हिमानी अमेरिकाबाट खेलकुद अध्ययन गर्दैछिन् । उनका बुबा चन्द राम करिब २ महिनाअघि स्टेट बैंक अफ इन्डिया (एसबीआई)बाट सेवानिवृत्त भएका थिए । हिमानीका बुबाले गाउँमा खेलकुद रंगशाला बनाएका छन् । हिमानीले लिटिल एन्जल स्कूल, सोनीपतमा पढ्दा टेनिस खेल्न थालेकी थिइन् ।

भारतका गोल्डेन ब्वाई नीरज चोपडाले २०२४ पेरिस ओलम्पिकमा रजत पदक जितेका थिए । २७ वर्षीय नीरजले दोस्रो प्रयासमा सिजनको उत्कृष्ट ८९.४५ स्कोर बनाएका थिए । योसँगै उनी लगातार दुई ओलम्पिकमा पदक जित्ने तेस्रो भारतीय खेलाडी बने ।

नीरजले टोकियो ओलम्पिक २०२० मा पनि स्वर्ण पदक जितेका थिए । नीरज भन्दा पहिले, पहलवान सुशील कुमार र ब्याडमिन्टन खेलाडी पीवी सिन्धुले मात्र लगातार दुई ओलम्पिकमा भारतको लागि पदक जित्न सकेका थिए ।