२९ मंसिर २०८२, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

लिगकपको चौथो चरणमा म्यानचेस्टर युनाइटेड



अ+ अ-

लन्डन । म्यानचेस्टर युनाइटेडले मंगलबार लुटन टाउनलाई ३–० ले हरायो र लिकगपको चौथा चरणमा प्रवेश गर्‍यो । यस्तै वेस्ट ह्यामले पनि हल सिटीमाथि सजिलो ५–१ को जित निकाल्यो ।

तर पूरा दिन इंग्लिस फुटबल भने कोरोना भाइरस संक्रमणको महामारीले नराम्रोसँग प्रभावित रह्यो । वेस्ट ह्यामका व्यवस्थापक डेविड मोयस र उनका दुई खेलाडी खेल अगाडि संक्रमित भएको पुष्टि भएको थियो ।

त्यसैक्रममा खेल सुरु हुन अगाडि मोयस, जोस कलिन र इसा डिप तीनै जना लन्डन स्टेडियम छाडेर ‘आइसोलेसन’ मा गए । संक्रमणकै कारण टोटनहम र लेयटन ओरियन्टबीचको खेल पनि रद्द गरिएको छ ।