६ माघ २०८१, आईतवार
,
Latest
सार्वजनिक निकायमा स्वदेशी वस्तुहरुको प्रयोग कार्यान्वयनका लागि महासंघको आग्रह अदालतको आदेश: राष्ट्रिय परिचयपत्र लागू गर्ने बाटो खुला राष्ट्रिय परिचयपत्र विरुद्धको रिट खारेज सकिएन छविलाल जोशीको थुनछेक बहस, प्रहरीको जिम्मा लगाउने आदेश संयुक्त समितिमा सांसदहरुः ‘पुँजीगत खर्च न्युन हुनुमा दोषि को हो?’ जिल्ला अस्पताल अछाममा कम्बल वितरण अन्ततः वामदेव एमालेमै फर्किने सरकारी जग्गा अतिक्रमण गरी बनाइएका भवनहरुमा चल्यो डोजर २६ सय अङ्कमा पुग्यो नेप्से परिसूचक, कारोबार रकम रु छ अर्बभन्दा बढी युद्धविराम सुरुः हमासद्वारा आइतबार रिहा हुने तीन बन्धकको नाम सार्वजनिक
तपाईं के खोज्दै हुनुहुन्छ ?

भीम रावललाई स्वागत गरेका दुई नेता एमालेको कारबाहीमा



अ+ अ-

काठमाडौँ । नेकपा (एमाले)ले भीम रावलका पक्षमा खुलेका दुई नेतालाई कारबाही गरेको छ ।

एमाले जिल्ला कमिटी कैलालीको शनिबार बसेको बैठकले सुदूरपश्चिम प्रदेशका पूर्वसामाजिक विकास मन्त्री कृष्णराज सुवेदी र जिल्ला कमिटी सदस्य तथा गोदावरी नगरपालिकाका इन्चार्ज भीष्म सुवेदीलाई कारबाही गरेको हो ।

कृष्णराज पूर्वप्रदेश कमिटी सदस्य भएकाले उनलाई साधारण सदस्यसमेत नरहने गरी कारबाही गर्न माथिल्लो कमिटीमा सिफारिस गरिएको छ भने भीष्मलाई जिल्ला कमिटी सदस्य भएकाले जिम्मेवारी मुक्त गर्दै साधारण सदस्यसमेत नरहने गरी कारबाही गरिएको छ ।

कारबाही गरिएका कृष्ण र भीष्म बाबुछोरा हुन् । नेकपा (माओवादी केन्द्र) का नेता त्रिलोचन भट्ट सुदूरपश्चिमका मुख्यमन्त्री भएका बेला कृष्ण सामाजिक विकास मन्त्री थिए ।

गत पुस १० गतेको सचिवालय बैठकबाट एमालेले संगठित सदस्यताबाट हटाएका भीम रावल केही समयअघि अछामको रामारोसन गाउँपालिका गएका थिए । भीष्मसहितका केही नेता–कार्यकर्ताले रावललाई धनगढी विमानस्थलमा स्वागत गरेका थिए ।