४ पुष २०८२, शुक्रबार
,
Latest
नेपाली महिला फुटबलमा उपाधि खडेरी तोड्ने एपिएफको लक्ष्य चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदैः रास्वपा राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी १५ औं महाधिवेशनमा सहमहामन्त्री माग्छु, नदिए महामन्त्रीमा लड्छुः काँग्रेस नेता शर्मा कुलमानले निर्माण व्यवसायीको मान मर्दन गरे, अन्तरिम सरकार पनि विगतको भन्दा फरक पाएनौँः अध्यक्ष सिंह एमाले केन्द्रिय कमिटी बैठक पुस २६, २७ र २८ गते बोलाइयो जेनजी आन्दोलनको रिपोर्टिङका क्रममा घाइते पत्रकारहरुको उपचार खर्च सरकारले व्यहोर्ने सञ्चारमन्त्रीको घोषणा एमाले राष्ट्रिय झण्डा ओढेर सिंहदरबार जलाउने जस्तो नक्कली पार्टी होइनः ओली एमालेको काँधमा अहिले असाधारण जिम्मेवारी छ–ओली
तपाईं के खोज्दै हुनुहुन्छ ?

च्याम्पियन्स ट्रफीका लागि भारतीय टोली घोषणा, शामीको पुनरागमन



अ+ अ-

काठमाडौँ । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई)ले शनिबार इङ्ल्यान्डविरुद्धको एकदिवसीय सिरिज र च्याम्पियन्स ट्रफीका लागि भारतीय टोलीको घोषणा गरेको छ ।

मुम्बईको वानखेडे स्टेडियममा चयनकर्ता अजित आगरकर र कप्तान रोहित शर्माले १५ सदस्यीय भारतीय टोलीको नाम सार्वजनिक गरेका हुन् ।

फास्ट बलर मोहम्मद शामी एक वर्षपछि टिममा फर्किएका छन् । अष्ट्रेलिया भ्रमणका क्रममा घाइते भएका जसप्रित बुमराह पनि टोलीमा परेका छन् । चोटका कारण शामी नोभेम्बर २०२३ देखि टोलीबाट बाहिर थिए । टोलीमा ४ अलराउन्डर राखिएको छ ।

च्याम्पियन्स ट्रफी १९ फेब्रुअरीदेखि ९ मार्चसम्म पाकिस्तान र युएईका ४ सहरमा आयोजना हुनेछ । जसमा लाहोर, कराँची, रावलपिंडी र दुबई रहेका छन् । भारतीय टोलीका सबै खेल दुबईमा हुनेछन् । भारतले फेब्रुअरी २३ मा दुबईमा पाकिस्तानको सामना गर्नेछ ।

भारतीय टोलीले १२ वर्षअघि च्याम्पियन्स ट्रफीको उपाधि जितेको थियो । टोली पछिल्लो पटक २०१३ मा इंग्ल्याण्डलाई ५ रनले हराएर च्याम्पियन बनेको थियो ।