१८ भाद्र २०८३, बिहीबार
,
Latest
नगरवासीलाई मनोसामाजिक सहयोग उपलब्ध गराउँदै हेटौँडा उपमहानगर एनएसजेएफ पल्सर अवार्डः चन्द्र र एरिका ‘वर्ष उत्कृष्ट खेलाडी’ घोषित बाढीका कारण तीन खर्ब ८७ अर्बको क्षति भएको प्रारम्भिक अनुमान भोटेकोशी बाढीपछि उद्धार तथा राहत प्रभावकारी बनाउन रास्वपाद्वारा ध्यानाकर्षण इजरायली राजदूतद्वारा मुख्यमन्त्री आचार्यसँग शिष्टाचार भेट खेलकुदले विद्यार्थी र युवाको मानसिक स्वास्थ्यमा सहयोग पुर्याइरहेको छः मन्त्री पोखरेल पर्साका स्थानीय तह, उद्योगपति तथा समाजसेवीद्वारा आर्थिक सहयोग बाढीपछि कति आयो अन्तर्राष्ट्रिय सहयोग ? हामीले गरेको नगन्य गल्तीको ठूलो सजाय भोग्यौँ : प्रधानमन्त्री शाह भोटेकोसीपछि उठेको प्रश्न: जलवायु संकटको मूल्य कसले तिर्ने?
तपाईं के खोज्दै हुनुहुन्छ ?

च्याम्पियन्स ट्रफीका लागि भारतीय टोली घोषणा, शामीको पुनरागमन



अ+ अ-

काठमाडौँ । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई)ले शनिबार इङ्ल्यान्डविरुद्धको एकदिवसीय सिरिज र च्याम्पियन्स ट्रफीका लागि भारतीय टोलीको घोषणा गरेको छ ।

मुम्बईको वानखेडे स्टेडियममा चयनकर्ता अजित आगरकर र कप्तान रोहित शर्माले १५ सदस्यीय भारतीय टोलीको नाम सार्वजनिक गरेका हुन् ।

फास्ट बलर मोहम्मद शामी एक वर्षपछि टिममा फर्किएका छन् । अष्ट्रेलिया भ्रमणका क्रममा घाइते भएका जसप्रित बुमराह पनि टोलीमा परेका छन् । चोटका कारण शामी नोभेम्बर २०२३ देखि टोलीबाट बाहिर थिए । टोलीमा ४ अलराउन्डर राखिएको छ ।

च्याम्पियन्स ट्रफी १९ फेब्रुअरीदेखि ९ मार्चसम्म पाकिस्तान र युएईका ४ सहरमा आयोजना हुनेछ । जसमा लाहोर, कराँची, रावलपिंडी र दुबई रहेका छन् । भारतीय टोलीका सबै खेल दुबईमा हुनेछन् । भारतले फेब्रुअरी २३ मा दुबईमा पाकिस्तानको सामना गर्नेछ ।

भारतीय टोलीले १२ वर्षअघि च्याम्पियन्स ट्रफीको उपाधि जितेको थियो । टोली पछिल्लो पटक २०१३ मा इंग्ल्याण्डलाई ५ रनले हराएर च्याम्पियन बनेको थियो ।